भारतले पपुवा न्यूगिनीलाई दियो १० लाख डलर बराबरको सहायता « Khabarhub

भारतले पपुवा न्यूगिनीलाई दियो १० लाख डलर बराबरको सहायता


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले पपुवा न्यूगिनीलाई १० लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको छ । पपुवा न्यूगिनीमा ज्वालामुखी विस्फोटबाट प्रभावितहरुका लागि सहयोगस्वरुप भारतले १० लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको हो ।

भारतीय सहयोगमा ११ टनको राहत सामग्री र ६ टनको स्वास्थ्य समग्री रहेको छ । राहत सामग्रीमा त्रिपाल, स्लिपिङ म्याट, खानेकुरा, पानी जम्मा गर्ने ट्यांकीजस्ता सामग्री रहेका छन् भने स्वास्थ्य सामग्रीमा अत्यावश्यक औषधि, शल्यक्रियाका लागि आवश्यक उपकरण तथा स्यानिटरी प्याड छन् ।

सहायता लिएर भारतीय विशेष विमान पपुवा न्यूगिनी पुगेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पपुवा न्यूगिनीमा हालै भएको ज्वालामुखी विस्फोटनबाट २६ हजारभन्दा धेरै मानिसहरु प्रभावित भएका थिए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ८ : ३१ बजे

विभागले गर्‍यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र अति उत्तम

काठमाडौँ– राजमार्गमा यात्रा गर्ने यात्रुहरूलाई बासी तथा निम्न गुणस्तरको खाना

सरकारलाई रक्षा बमको चेतावनी- जनताले तपाईँहरूको ल्याकत नापिरहेका छन् 

काठमाडौँ– रक्षा बमले दसैँ मनाउन घर फर्किरहेका नागरिकले भोग्नुपरेका यातायात

पाकिस्तानमा विद्यालयको छत खस्दा २९ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

पेसावर-  पाकिस्तानको पेसावरमा बिहीबार निजी विद्यालयको छत खस्दा २८ बालबालिका र

भोटेकोशी बाढी : दसैँ आयो, तर आमाबुवा आउनुभएन

बाँके – गाउँघरमा दसैँको चहलपहल बढेको छ । घरआँगन सरसफाइ

अफतावका छोरा फिरदोस कांग्रेस सहमहामन्त्रीमा विजयी

काठमाडौं– अफताव आलमका छोरा फिरदोस आलम नेपाली कांग्रेसको १५ औँ