भारतले पपुवा न्यूगिनीलाई दियो १० लाख डलर बराबरको सहायता | Khabarhub Khabarhub

भारतले पपुवा न्यूगिनीलाई दियो १० लाख डलर बराबरको सहायता


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतले पपुवा न्यूगिनीलाई १० लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको छ । पपुवा न्यूगिनीमा ज्वालामुखी विस्फोटबाट प्रभावितहरुका लागि सहयोगस्वरुप भारतले १० लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको हो ।

भारतीय सहयोगमा ११ टनको राहत सामग्री र ६ टनको स्वास्थ्य समग्री रहेको छ । राहत सामग्रीमा त्रिपाल, स्लिपिङ म्याट, खानेकुरा, पानी जम्मा गर्ने ट्यांकीजस्ता सामग्री रहेका छन् भने स्वास्थ्य सामग्रीमा अत्यावश्यक औषधि, शल्यक्रियाका लागि आवश्यक उपकरण तथा स्यानिटरी प्याड छन् ।

सहायता लिएर भारतीय विशेष विमान पपुवा न्यूगिनी पुगेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पपुवा न्यूगिनीमा हालै भएको ज्वालामुखी विस्फोटनबाट २६ हजारभन्दा धेरै मानिसहरु प्रभावित भएका थिए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ८ : ३१ बजे

वैभव सूर्यवंशीको कीर्तिमानी शतकसँगै भारतले जित्यो शृङ्खला

काठमाडौं – वैभव सूर्यवंशीले फेरि विस्फोटक पारी खेलेपछि भारतीय यु-१९

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार