कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न « Khabarhub

कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न


१४ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि जारी बैठक शनिबार बेलुका सम्पन्न भएको हो ।

बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको निश्चित मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको पार्टी सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

यस्तै, बैठकले जाजरकोट भूकम्पमा पार्टीले एक हजार घर बनाउने निर्णय गरेकोमा उक्त घर निर्माणमा सहयोग गर्ने आम कांग्रेसका नेता तथा कार्यकर्तालाई धन्यवाद दिएको छ । सुशासनको क्षेत्रमा देखिएका केही समस्यालाई केन्द्रीय समितिले उजागर गरेको र जनतालाई सुशासन प्रत्याभूती हुने खालका सेवा प्रदान गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेसले शुक्रबार बालकुमारी घटेको घटनाको सत्यतथ्य छानबिन गरी पीडितका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको उपचार गर्ने र परिवारजनमा परेको क्षतिका बारेमा राज्यले विशेष निर्णय लिन बैठकले माग गरेको विश्वकर्माले बताए ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ९ : ४३ बजे

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौं – नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

राष्ट्रिय फुटबलर विमल घर्ती मगरद्वारा सन्न्यासको घोषणा

काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले सक्रिय

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल