लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार मैदानमा « Khabarhub

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको अन्तिम तयारी, तीन उम्मेदवार मैदानमा


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बुटबल – आगमी २५ माघमा हुन गइरहेको राष्ट्रियसभा सदस्य उपनिर्वाचनको तयारी अन्तिम अवस्थामा पुगेको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय घोराही दाङले लुम्बिनी प्रदेशमा हुने निर्वाचनका लागि सोमबार तीन जना उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचनको अन्तिम तयारी पुरा गरेको हो।

एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत मतदान हुन लागेको हो।

निर्वाचन कार्यालयका प्रवक्ता गेहेन्द्र कुँवरले सोमबार उम्मेदवारको अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारलाई चुनाव चिह्नसमेत प्रदान गरिएको जानकारी दिए। उनका अनुसार एमालेबाट कुमार दसौती, नेपाली कांग्रेसका माधवपसाद आचार्य, नागरिक उन्मुक्तिबाट राजेन्द्रवीर राय रहेका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभा सदस्य गरेर तीन सय पाँच जना मतदाता छन्। जसमा दुई सय १८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्य छन्।

राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्षको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : २० बजे

मिटरब्याजीको तमसुक जलाउन लिङ्देनको चुनौती

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजीको तमसुक जलाउन चुनौती दिएका

हिमालयन ट्राभल मार्ट जेठमा हुने

काठमाडौँ- पर्यटन प्रवर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना

सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी (फोटो फिचर)

काठमाडौँ- सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी गरिएको छ

तीन लाख अफगान शरणार्थी इरानबाट फर्किए

काबुल- इरानबाट चार हजार तीन सय २७ जना अफगान शरणार्थी

अख्तियारद्वारा घुससहित पालिकाका प्रमुख कार्यकारी अधिकृत र वडाध्यक्ष पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी