‘सकारात्मक कुरामा ध्यान दिऔँ’ « Khabarhub

‘सकारात्मक कुरामा ध्यान दिऔँ’

आफ्नो ज्यान समाप्त गर्नु मानवअधिकार हनन् हो


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रा. डा. सूर्यप्रसाद ढुङ्गेलले मानसिक समस्या (डिप्रेसन) भयो भनेर लज्जित नहुन आग्रह गरेका छन्।

सडक आश्रित मानवमुक्त अभियान नेपालद्वारा सोमबार ललितपुरमा आयोजित आत्महत्या रोकथामसम्बन्धी सहयोगी पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानसिक समस्या पनि एकप्रकारको रोग भएकाले बेलैमा सचेत भएर उपचार गर्न सुझाव दिएका हुन्।

“मानसिक समस्या भयो भनेर लज्जित हुनुपर्ने कुनै कारण छैन। हरेक मान्छेमा समस्या हुन्छ। कति प्रतिशत भन्नेमात्रै हो। पाँचा–सात प्रतिशत हुँदा हामीलाई याद नभएको हुन सक्छ। धेरै प्रतिशत हुँदा समस्या हुने हो”, उनले भने, “आफ्नो ज्यान आफैँले समाप्त गर्नु भनेको मानवअधिकार हनन् पनि हो। बाँच्न पाउने अधिकारबाट आफैँले आफैँलाई समाप्त पार्नु पनि पाप हो। तसर्थ आत्महत्या गरेर आफ्ना परिवारजन, आफन्तमाथि पनि अन्याय गर्नुहुँदैन। एउटा मानिससँग धेरै मान्छेको साथ र अपेक्षा जोडिएको हुन्छ।”

कार्यक्रममा युनिसेफका प्रतिनिधि रामप्रसाद गौतमले हरेक मानिसमा घटना र परिस्थितिलाई ग्रहण गर्न सक्ने र सहन गर्न सक्ने क्षमता फरकफरक हुने तर्क गरे। “असहज परिस्थितिको सामना गर्ने क्षमता कम हुने भएकाले आत्महत्या गर्ने अवस्थासम्म पुग्ने गरेको देखियो। बालबालिकामा एक खालको डर, त्रास र अनिन्द्रा हुने, खाना खान मन नलाग्ने लगायतका समस्या धेरै अगाडि समयदेखि देखिँदो रहेछ, त्यसलाई बेलैमा पहिचान गरेर उनीहरुमा देखिने समस्या समाधान गर्ने हो भने आत्महत्या धेरै हदसम्म कम हुन्छ”, उनले भने।

अन्तरधार्मिक परिषद्का अध्यक्ष दामोदर गौतमले आत्महत्या गरेर मर्नेको मलामी जानु पनि महापाप हुने कुरा मनुस्मृतिको पाँचौँ अध्यायमा उल्लेख भएको सुनाए। अभिभावक सङ्घका अध्यक्ष सुप्रभात भण्डारीले आफ्ना समस्या लुकाएर राख्ने प्रवृत्तिका कारण मानसिक समस्या बढ्दै आत्महत्यासम्म पुग्ने गरेको बताए।

त्रिभुवन विश्वविद्यालय मनोविज्ञान केन्द्रीय विभागकी प्रा. डा. नन्दिता शर्माले मानिसमा चाहना असीमित हुँदा महत्वकांक्षाले नकारात्मकता तीर लैजाने र परिपूर्ति नहुँदा आत्महत्यासम्म पुग्ने गरेको बताइन। ९९ प्रतिशत आत्महत्या जनचेतना, समन्वय र सहयोगमार्फत रोक्न सकिनेमा उनले जोड दिएकी छन्।

नायब प्रहरी निरीक्षक महसुद आलम खाँले मानिसको आवश्यकता र सहजतालाई मिलाएर काम गर्ने सक्ने वातावरण सिर्जना गरेर यसलाई नियन्त्रण गर्न सकिने बताए। सुख सुविधाको भोकमा लाग्दा अशान्ति कायम हुने र आत्महत्याको अवस्था सिर्जना हुने उनको तर्क थियो।

नेपाल नगरपालिका सङ्घका कार्यकारी निर्देशक कलानिधि देवकोटाले आत्महत्याको भयावहबाट हरेक वर्ग प्रताडित रहेको बताए।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ८ : १० बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल