दूधको मूल्य बढाउन माग « Khabarhub

दूधको मूल्य बढाउन माग


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर – चितवनका किसानले दूधको मूल्य बढाउन माग गरेका छन्। उत्पादन लागत तथा उपभोग्य वस्तुको भाउ बढेको जनाउँदै किसानले भरतपुरमा पत्रकार सम्मेलन गरेर दूधको मूल्य बढाउन सरकारसँग आग्रह गरेका हुन्।

पत्रकार सम्मेलनमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूधको मूल्य बढाउन र कच्चा पदार्थको मूल्यवृद्धिलाई रोक्न माग गरे। उनले बैंक तथा वित्तीय संस्थाले ऋण असुली भन्दै किसानलाई धरपकड गरेको आरोप लगाए।

चितवनलाई सरकारले तीन वर्ष अगाडि दूधमा आत्मनिर्भर क्षेत्र घोषणा गरेको थियो। जिल्लामा ३३ प्रतिशत दुग्ध उत्पादक किसान छन्। यहाँका किसानले ६८ हजार छ सय ११ वटा गाईभैंसी पालेका छन्। जसबाट प्रतिदिन तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ।

यहाँ उत्पादन भएको ५५ प्रतिशत दूध काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर र कास्कीलगायतका जिल्लामा खपत हुँदै आएको छ। अहिले ढुटो, मकै, पिना, दाना, चोक्करजस्ता उपभोग्य वस्तुको मूल्य २० देखि ३० प्रतिशतले बढेको हुँदा किसान मर्कामा पर्दै गएको सङ्घका कोषाध्यक्ष बालकृष्ण उप्रेतीले बताए।

उनले उपभोग्य वस्तुको मूल्य बढ्दा किसानले प्रतिलिटर दूधमा रु आठदेखि दश घाटा बेहोर्नुपरेकाले हामीले सरकारलाई दूधको मूल्य बढाएर प्रतिलिटर न्यूनतम रु ७० बनाउन माग गरे। पछिल्लो समय सरकारले २०७८ माघ १६ गते दूधको मूल्य बढाएको थियो।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : २३ बजे

हिमालयन ट्राभल मार्ट जेठमा हुने

काठमाडौँ- पर्यटन प्रवर्द्धनका लागि आगामी जेठमा हिमालयन ट्राभल मार्ट आयोजना

सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी (फोटो फिचर)

काठमाडौँ- सेतो मछिन्द्रनाथ रथ जात्रा विशेष फोटो प्रदर्शनी गरिएको छ

तीन लाख अफगान शरणार्थी इरानबाट फर्किए

काबुल- इरानबाट चार हजार तीन सय २७ जना अफगान शरणार्थी

अख्तियारद्वारा घुससहित पालिकाका प्रमुख कार्यकारी अधिकृत र वडाध्यक्ष पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी

अहिलेको समय उद्यमशीलताको हो : प्रधानमन्त्री दाहाल

चितवन-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्यमशीलता अहिलेको आवश्यकता रहेको बताएका