पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी « Khabarhub

पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सूचना तथा सञ्चार प्राविधिको प्रयोग गरी रूपन्देहीको रोहिणी गाउँपालिकाले नगरका महत्वपूर्ण क्षेत्रको निगरानी र सुरक्षा अत्याधुनिक सीसी क्यामराले गरेको छ । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पालिका क्षेत्रमा रहेका व्यस्त क्षेत्र, मुख्य मार्ग, विद्यालय, प्रशासनिक तथा वडा कार्यालय, स्वास्थ्य चौकी क्षेत्रको सीसी क्यामेराबाट निगरानी गर्न थालिएको हो । 

सेवाप्रदायक कार्यालयहरूमा सुशासन र पारदर्शिताको लागि प्रदान गर्ने सेवा सुविधालाई चुस्तदुरुस्त पार्न कार्यालयको निगरानीको लागि सिसि क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यालय वा सडकमा हुने गतिविधि  निगरानी गर्ने उद्देश्यले पालीकाले सीसी क्यामरा जडान गरी नियमन गरिरहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए । 

क्यामरा जडानपश्चात कार्यालयको कामलाई चुस्तदुरुस्त र पारदर्शी बनाउन सहयोग पुगेको र कर्मचारीले सेवाग्राहीको कामकाज चुस्तदुरुस्त रुपमा गरे नगरेको निगरानी गर्न सजिलो भएको यादवले बताए । 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १ : ०५ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।