पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी « Khabarhub

पालिकाबाटै सीसी क्यामेराले रोहिणीको निगरानी


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सूचना तथा सञ्चार प्राविधिको प्रयोग गरी रूपन्देहीको रोहिणी गाउँपालिकाले नगरका महत्वपूर्ण क्षेत्रको निगरानी र सुरक्षा अत्याधुनिक सीसी क्यामराले गरेको छ । अपराध नियन्त्रणमा सिसी क्यामरा प्रभावकारी देखिएपछि पालिका क्षेत्रमा रहेका व्यस्त क्षेत्र, मुख्य मार्ग, विद्यालय, प्रशासनिक तथा वडा कार्यालय, स्वास्थ्य चौकी क्षेत्रको सीसी क्यामेराबाट निगरानी गर्न थालिएको हो । 

सेवाप्रदायक कार्यालयहरूमा सुशासन र पारदर्शिताको लागि प्रदान गर्ने सेवा सुविधालाई चुस्तदुरुस्त पार्न कार्यालयको निगरानीको लागि सिसि क्यामरा जडान गरिएको गाउँपालिकाले जनाएको छ । कार्यालय वा सडकमा हुने गतिविधि  निगरानी गर्ने उद्देश्यले पालीकाले सीसी क्यामरा जडान गरी नियमन गरिरहेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले बताए । 

क्यामरा जडानपश्चात कार्यालयको कामलाई चुस्तदुरुस्त र पारदर्शी बनाउन सहयोग पुगेको र कर्मचारीले सेवाग्राहीको कामकाज चुस्तदुरुस्त रुपमा गरे नगरेको निगरानी गर्न सजिलो भएको यादवले बताए । 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १ : ०५ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल