पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा « Khabarhub

पहिरोबाट विस्थापित ४१ घरधुरीले पाए जग्गाधनी पुर्जा


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापित भएका परिवारलाई मंगलबार जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको छ । २०७७ साउन ३० गते जुगल गाउँपालिका-२ लिदीमा गएको पहिरोबाट विस्थापित भएका २ सय ९ घरधुरी मध्ये ४१ घरधुरीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।

सुरक्षित स्थानान्तरणका लागि चौतारा साँगाचोकगढी नगरपालिका-४ देउरालिमा जग्गा व्यवस्थापन भई ४१ घरधुरीले जग्गाधनी प्रमाण पुर्जा पाएका छन् । पुर्जा वितरण कार्यक्रमका  सिन्धुपाल्चोक क्षेत्र-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाले ४१ घरधुरीलाई कुविण्डेमा स्थानान्तरण हुने गरी र नयाँ बस्ती विकास गर्ने गरी राज्यले औपचारिक रुपमा जग्गाधनी प्रमाण पुर्जा दिएको बताए ।

 उनले  जुगल सरकारको उद्देश्य अनुसार अब आयआर्जन स्वरोजगार, आर्थिक जिवनस्तरमा पनि सहयोग हुने गरी हामि सबै जुटेर काम गर्न आवश्यक रहेको बताए । २०९ घरधुरी मध्ये ६४ घरधुरीलाई बासखर्क, २७ घरधुरीलाई चनौटे र ७५ घरधुरी बस्तीलाई लिदिको सिमलडाडाँमै स्थापित गर्ने गरी दिगो ढ‌ंगबाट व्यवस्थापन गर्ने प्रक्रिया अगाडि बढेको उनको भनाइ छ ।

 सांसद सापकोटाले घर बनाउन पाँच-पाँच लाख रुपैयाँ दिइसकेको बताउँदै  हतार नगरी नमुना योग्य बस्ती बनाउन आग्रह गरे ।

 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १ : ३५ बजे

कतारको प्रतिनिधिमण्डल वार्ताका लागि तेहरानमा

तेहरान – मध्यपूर्वको युद्ध अन्त्यका लागि वार्ता गर्न कतारको एक

नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्री बालेनको कडा निर्देशन

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकारलाई पक्राउ गरिएको घटनाप्रति प्रधानमन्त्रीको कार्यालयले

पत्रकार धरपकड अलोकतान्त्रिक प्रवृत्ति हो: एमाले प्रचार विभाग प्रमुख आचार्य

काठमाडाैँ नेकपा (एमाले) का प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज

पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा हो: कांग्रेसका महामन्त्री पौडेल

काठमाडाैँ – समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै भरमा प्रहरी