पेशावर विष्फोट : मृतकको सङ्ख्या ९० पुग्यो « Khabarhub

पेशावर विष्फोट : मृतकको सङ्ख्या ९० पुग्यो


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिदमा भएको विष्फोटमा मारिनेको सङ्ख्या ९० पुगेको छ । पाकिस्तानको पेशावर सहरस्थित मस्जिदमा विष्फोट भएको हो ।

विष्फोटपछि मस्जिदको संरचना नै भत्केको बताइएको छ । उक्त मस्जिदको भग्नावशेषबाट शवहरू निकाल्ने क्रम अझै जारी रहेको र हालसम्म ९० जनाको ज्यान गएको भन्ने पुष्टि भएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । विष्फोटमा अरु एक सय ५० भन्दा बढी घाइते भएका छन ।

सोमबार दिउँसोको प्रार्थनाको समयमा उक्त मस्जिदमा आक्रमण भएको हो । पछिल्लो समय अफगान सीमासँग जोडिएका पाकिस्तानी क्षेत्रमा आक्रमणको क्रम लगातार बढिरहेको बताइन्छ ।

मङ्गलबार अस्पतालमा रहेका २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई भने, ‘म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ, मैले बाँच्नको लागि सबै आशा गुमाएँको थिए ।’

पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको संख्या ९० पुगेको बताएका छन् ।

सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई बताएअनुसार मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी रहेका छन् । आक्रमणका बेला मस्जिदको हाताभित्र तीन देखि चार सय जना प्रार्थानाका लागि भेला भएका थिए ।

 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ४ : १२ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया