क्यानाडाको हिन्दू मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएको भन्दै भारतको आपत्ति « Khabarhub

क्यानाडाको हिन्दू मन्दिरमा भारतविरोधी भित्तेचित्र बनाइएको भन्दै भारतको आपत्ति


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यानाडाको ब्राम्पटनस्थित गौरीशङ्कर मन्दिरको हातामा भारतविरोधी भित्तेचित्र बनाइएको भन्दै भारतले आपत्ति जनाएको छ ।

क्यानाडाको टोरन्टोमा रहेको भारतीय महावाणिज्य दूतावासले उक्त कार्यको निन्दा गर्दै त्यसबाट क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको बताएको छ । सोमबार उक्त मन्दिरमा तोडफोडसमेत भएको थियो ।

भारतविरोधी विकृत चित्र र तोडफोडको निन्दा गर्दै महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “क्यानाडामा रहेका भारतीय समुदायको भावनामा गहिरो चोट पुगेको छ, हामी यसको घोर भर्त्सना गर्दछौँ । हामीले क्यानाडाका अधिकारीहरूसँग यस विषयमा हाम्रो चिन्ता र चासो व्यक्त गरेका छौँ ।”

ब्राम्पटनका मेयर प्याट्रिक ब्राउनले तोडफोडको निन्दा गरेका गरेका छन् भने क्यानाडाका अधिकारीहरूले उक्त घटनाको अनुसन्धान गरिरहेका छन् । “तोडफोडको यो घृणित कार्यको हाम्रो शहर वा देशमा कुनै स्थान छैन, सबैले आ–आफ्नो धार्मिक आस्थाका स्थानमा गरिने पूजामा सुरक्षित महसुस गर्न पाउनुपर्छ,” ब्राम्प्टनका मेयरले ट्वीट जारी गर्दै उल्लेख गरेका छन् ।

क्यानाडामा मन्दिरमा तोडफोड भएको यो पहिलो घटना भने होइन । यसअघि गत सेप्टेम्बरमा पनि क्यानडाको बिएपीएस स्वामीनारायण मन्दिरलाई क्यानाडाली अतिवादीले भारत विरोधी भित्तेचित्रले विकृत पारेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ४ : ५५ बजे

चितवनमा धान उत्पादन ८ प्रतिशतले बढ्यो

चितवन- चितवनमा यस वर्ष धान उत्पादन आठ प्रतिशतले वृद्धि भएको छ

जीवाश्म इन्धनको भविष्यबारे विवाद, कोप-३१ सम्मेलन लम्बिने संकेत

एजेन्सी– जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा

नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज, बाघको सङ्ख्या दोब्बर बढ्यो 

राँझा– सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जंगल सफारी र प्रकृतिको अनुपम

पर्वतारोहणबाट ३३ करोड ४२ लाख आम्दानी

काठमाडौँ– सरकारले चालु आवमा १८८ टोलीलाई ४८ वटा हिमाल आरोहणको

भृकुटीमण्डपमा आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी (तस्बिरहरू)

काठमाडौँ– काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारदेखि आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकीकरण प्रदर्शनी–२०८३ सुरु भएको