सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित « Khabarhub

सबै तुइन झोलुङ्गे पुलद्वारा विस्थापित


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले विगतमा तुइन रहेका अधिकांश स्थानमा झोलुङ्गे पुल निर्माण गरेको छ । स्थानीयस्तरमा अरू विभिन्न प्रयोजनका लागि बनाइएका तुइनबाहेक मानिसलाई आवतजावतकै लागि आवश्यक भएर  बनाइएका  स्थानका तुइन हटाइसकिएको स्थानीय पूर्वाधार विभागले जनाएको छ । 

कतिपय स्थानमा खोलापारि पूर्वाधार निर्माण गर्दा सामान लैजानका लागि राखिएको  तुइन नझिकिएकाले पनि अझै ठाउँठाउँमा तुइन रहेको विभागका महानिर्देशक ईश्वरचन्द्र मरहट्ठाले बताए । आ–आफ्नो क्षेत्रमा रहेका तुइन अनुगमनको काम स्थानीय तहले गर्नुपर्ने उनको भनाइ थियो ।’मानिसलाई नदी तर्न आवश्यक नै भएर भन्दा पनि रमाइलो लागेर प्रयोग गरेको हुनसक्छ,’ महानिर्देशक मरहट्ठाले भने, ‘विभागले कुनै पनि ठाउँमा झोलुङ्गे पुल छ भन्ने खबर पाउनासाथ पुल बनाउने गरेको छ ।’ 

सरकारले विसं २०७२ मा पहिचान गरेकामध्ये अधिकांश  तुइन विस्थापन गरिसकेको जानकारी दिँदै उनले त्यतिबेला देशभरमा जम्मा एक सय ४३ तुइन पहिचान भएकामा एक सय ४१ स्थानमा झोलुङ्गे पुलले तिनलाई विस्थापित गरिसके पनि पञ्चेश्वरमा भारतले सहमति नदिएर बनाउन नसकिएको र एउटा बर्दिया राष्ट्रिय निकुञ्जको समस्याले गर्दा बनाउन नसकिएको बताए।

तुइन देख्नासाथ विभागले झोलुङ्गे पुल बनाइहाल्ने हुँदा समस्या नआउने भए पनि महाकालीमा भारत नेपाल सीमामा पर्ने भएकाले भारतले सहमति नदिएसम्म बनाउन नसकिएको महानिर्देशक मरहट्ठाले जानकारी दिए । 

आर्थिक वर्ष २०७२-७३ मा महाकालीमा रहेका चारवटै तुइन हटाइएर झोलुङ्गे पुल बनाइएको थियो । त्यसपछि तुइन हालिएको र त्यो तुइन हटाएर झोलुङ्गे पुल बनाउन भारतबाट सहमति लिने प्रयास भइरहेको उनले जानकारी दिए । महानिर्देशक मरहट्ठाले भने, ‘भारतीय सीमामा हामीले पहिचान गरिसकेर पनि सहमति नलिएसम्म एकातर्फीबाट बनाउन नसकिएको हो ।’

विगतमा झोलुङ्गे पुलका लागि आवश्यक सामग्रीको समस्या रहेकामा अहिले समाधान भइसकेको विभागले जनाएको छ । पुलमा प्रयोग हुने स्टिल यहाँ उत्पादन हुने र मुख्य लट्ठा बाहिरबाट ल्याउने गरिएको छ । अघिल्ला वर्ष कोभिडले गर्दा उद्योग बन्द भएकाले  लट्ठा ल्याउन समस्या थियो । त्यतिबेला स्टिलको मूल्य ह्वात्तै बढेकाले पनि डेढ दुई वर्ष अलि समस्या भए पनि अहिले भने अवस्था सामान्य छ। लट्ठा नेपालमा उत्पादन गर्ने कम्पनी नभएकाले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्नुपर्नेछ । अहिले अन्तर्राष्ट्रिय बोलपत्रमा चिनियाँ वा भारतीय कम्पनीले ठेक्का पाइरहेका छन् ।

विभागले पहिले तुइन भएका ठाउँमा मात्रै नभएर आवश्यक भएका अन्य स्थानमा पनि पुल निर्माण गरिरहेको छ । स्थानीय तह र प्रदेशबाट माग भइरहेको र त्यसको आधारमा झोलुङ्गे पुल निर्माण भइरहेको महानिर्देशक मरहट्ठाले बताए। देशभरमा अहिलेसम्म नौ हजार सात सय ५० झोलुङ्गे निर्माण भएका छन् । 

 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ५ : ११ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद