ब्राजिलका पूर्वराष्ट्रपतिद्वारा ६ महिने भिसा दिन अमेरिकासमक्ष अनुरोध « Khabarhub

ब्राजिलका पूर्वराष्ट्रपतिद्वारा ६ महिने भिसा दिन अमेरिकासमक्ष अनुरोध


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ब्राजिलका पूर्वराष्ट्रपति जइर बोल्सोनारोले छ महिनाका निम्ति आफूलाई प्रवेशाज्ञा (भिसा) प्रदान गर्न अमेरिका सरकारसमक्ष अनुरोध गरेका छन् ।

पूर्वराष्ट्रपतिको अमेरिका बस्ने चाहनाले उनी तत्काल स्वदेश फर्कने सम्भावना प्रायः समाप्त भएको अनुमान गरिएको छ । स्वदेशमा उनीमाथि विविध कानूनी अड्चन आउने सम्भावना छन् ।

पूर्वराष्ट्रपतिले अमेरिकी भिसाका लागि आवेदन दिएको समाचार उनका आप्रवासनसम्बन्धी वकिललाई उद्धृत गर्दै सर्वप्रथम ‘द फाइनान्सियल टाइम्स’ ले सार्वजनिक गरेको थियो ।

गत डिसेम्बर ३० मा पूर्वराष्ट्रपति बोल्सोनारो अमेरिकाको फ्लोरिडा पुगेका थिए । त्यसको दुई दिनपछि ब्रजिलमा नयाँ राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले कार्यभार सम्हाल्ने दिन थियो ।

उक्त दिन देशको स्थिति सामान्य रहे पनि एक सातापछि उनका समर्थकले देशव्यापी आन्दोलन गरेर राष्ट्रपति लुला डा सिल्भाको निर्वाचन बदर हुनुपर्ने माग गर्दै आन्दोलन चर्काएका थिए ।

पूर्वराष्ट्रपति बोल्सोनारोमाथि उक्त आन्दोलन भड्काएकोलगायत विभिन्न आरोप लागेको छ । तीन दशक लामो राजनीतिक यात्रा गरेका बोल्सोनारोलाई ब्राजिल सरकारले पूर्वराष्ट्रपतिका रुपमा कुनै पनि सुविधा उपलब्ध गराएको छैन । उनीमाथि सर्वोच्च अदालतले सुनुवाइ गर्न बाँकी छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ५ : २३ बजे

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क