पाठेघर खसेका महिलाको निःशुल्क उपचार हुने | Khabarhub Khabarhub

पाठेघर खसेका महिलाको निःशुल्क उपचार हुने


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाठेघर खसेका महिलाको निःशुल्क उपचार गरिदिने तयारी गरेको छ । घर-घरमा स्वास्थ्यकर्मी खटाएर गरिएको स्वास्थ्य परीक्षणका क्रममा पहिचान भएका पाठेघर खसेका ३२ जना महिलाको निःशुल्क उपचारको तयारी गरेको हो । 

पाठेघर खसेका महिलाको पहिचानका लागि घर-घरमा स्वास्थ्यकर्मी पठाएको नगरपालिकाले पहिचान भएका पाठेघर खसेका महिलालाई बनेपा लगेर उपचार गर्ने प्रबन्ध मिलाइएको नगरपालिकाका स्वास्थ्य संयोजक प्रकाश घिमिरेले बताए । पाठेघर खसेका महिलाको शल्यक्रिया खर्च र उनीहरुको कुरुवालाई लाग्ने खर्च नगरपालिकाले ब्यहोर्ने जनाएको छ । पाठेघर खस्ने समस्याका कारण दर्दनाक दिनचर्या बिताइरहेका महिलाको पहिचान गर्दै उपचार व्यवस्थाका लागि नगरपालिकाले गत माघ १ गतेदेखि माघ ९ गतेसम्म घर–घरमा स्वास्थ्यकर्मी पठाएको थियो । 

घर-घरमा पुगेर २२५ महिलाको पाठेघरको परीक्षण तथा उपचार गर्दा ३२ जनाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने अवस्था पत्ता लागेको हो । नगरपालिकाको ११ वडामध्ये बाहुनीडाँडा, बडहरे, मंगलटार बाहेक अन्य वडामा पाठेघर खस्ने समस्या पहिचान भएको हो । डिकुवामा २ जना, च्यास्मिटारमा ५ जना, दुर्छिममा ९ जना, महादेवस्थानमा ५ जना, धितुङमा २ जना, सल्लेमा २ जना, अर्खौलेमा ४ जना र राजापानीमा ३ जना महिलाको पाठेघरको शल्यक्रिया गर्नुपर्ने देखिएको नगरपालिकाले जनाएको छ । 

परीक्षण गरिएकामध्ये १०६ जनाको पाठेघरमा रिङ प्रेरी राखिएको छ । यस्तै, १०४ जना महिलाको पाठेघर सम्बन्धी सङ्क्रामक रोगको उपचार गरिएको छ । पाठेघरको समस्या सुरु भएका महिलालाई आवश्यकता अनुसार औषधि वितरण र परामर्श प्रदान गरिएको स्वास्थ्य संयोजक घिमिरेले बताए । 

पाठेघरको समस्या भएका कतिपय महिला लाज मानेर स्वास्थ्य संस्था वा स्वास्थ्य शिविरसम्म जान हिच्किचाउने गरेको पाइएपछि नगरपालिकाले स्वास्थ्यकर्मीलाई घर-घरसम्मै पठाएको थियो । पाठेघर झरेर पहिलो र दोश्रो स्टेजमा पुगेका महिलाको उपचारका लागि रिङप्रेसरी राख्ने, घाउ उपचारका लागि औषधि प्रदान गर्ने र तेश्रो र चौथो स्टेजमा पाठेघर खसेका महिलाको तथ्यांक संकलन गरेर उपचारको प्रबन्ध गर्न लागिएको हो । 

अघिल्लो वर्ष पनि नगरपालिकाले बाहुनीडाँडाको झाप्पा, अर्खौलेको नवलपुर, सल्ले र मंगलटारमा पाठेघर खस्ने समस्याको उपचार शिविर सञ्चालन गरेको थियो । तर शिविरमा पाठेघर खसेका महिलाको अपेक्षित उपस्थिति नरहेपछि घर-घरमा सहयोगी सहितको स्वास्थ्यकर्मी परिचालन गरिएको मेयर विमला राईले बताइन् । 

गत शिविरमा स्वास्थ्यकर्मीले खिचेको आङ सिरिङ पार्ने पाठेघर खसेको तस्विर देखेपछि स्वयं मेयर राईले पाठेघर खसेका महिलाको उपचारका लागि घर-घरमा स्वास्थ्यकर्मी पठाउने निर्णय गराएकी थिइन् । 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ५ : ३० बजे

कारको ठक्करबाट एक बालकको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा कारको ठक्करबाट एक बालकको मृत्यु भएको

कारागारलाई उद्योगग्रामका रूपमा स्थापित गर्नुपर्छ : गृहमन्त्री 

विराटनगर– गृहमन्त्री रमेश लेखकले कारागारलाई खुला सुधारगृह मात्र नभएर उद्योगग्रामका

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते