उच्चस्तरीय प्रशासनमा सुधार आवश्यक : प्रधानमन्त्री « Khabarhub

उच्चस्तरीय प्रशासनमा सुधार आवश्यक : प्रधानमन्त्री


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा उच्चस्तरीय प्रशासनमा सुधार आवश्यक भएको बताएका छन् । आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा प्रधानमन्त्रीले उच्चस्तरीय प्रशासनमा सुधारको आवश्यकता रहेको औँल्याएका हुन् ।

बैठकमा उनले भने, “उच्चस्तरीय प्रशासन सुधार कार्यदल बनाउने कुरामा मेरो ध्यान गएको छ । अनावश्यक कार्यालय हटाउने, दोहोरो कार्यबोझ हटाउने, अनावश्यक कर्मचारी र खर्च घटाएर प्रशासनयन्त्र र सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक छ ।”

साइबर सुरक्षा कसरी गर्ने, एकीकृत डाटा प्रणाली कसरी व्यवस्थित गर्ने, सूचना प्रणालीलाई कसरी एकीकृत र प्रभावकारी बनाउने भन्नेमा सरकार प्रतिबद्ध रहेको उनले बताए । उनले भने, “सर्भर डाउन भएको घटनाबाट पनि हामीले शिक्षा लिन सक्नुपर्छ । त्यसका लागि नीतिगत र व्यवस्थापकीय क्षेत्रमा सुधार आवश्यक छ । त्यसका लागि नियमित बैठक र छलफल गर्नुपर्छ । बैठक र छलफल भएपछि मात्र समस्या कहाँ छ, समाधान कसरी गर्ने भन्ने थाहा हुन्छ । त्यसका लागि हामी सबै गम्भीर बनौँ ।”

प्रधानमन्त्रीले भने, “देश अहिले पनि अप्ठ्यारो अवस्थामै छ । हामीले गम्भीररूपमा काम गरेनौँ र परिणाम दिएनौँ भने राष्ट्रको आवश्यकता सम्बोधन गर्न सक्दैनौँ । यो हाम्रा लागि ठूलो अवसर हो । सबै मिलेर देश बनाऔँ ।”

बैठकमा बोल्दै नेपाल सरकारका मुख्यसचिव शङ्करदास बैरागीले प्रधानमन्त्रीको सक्रियताले आफूहरूमा काम गर्ने ऊर्जा प्राप्त भएको बताए । उनले भने, “हामीले कागजमा उल्लेख गरेका विषयहरू परिणाममा देखिनुपर्छ भन्नेमा तपाईं हामी सचेत हुनुपर्छ । प्रधानमन्त्रीज्यूले काम गर्ने राम्रो वातावरण बनाउनुभएको छ । यो हामी सबैका लागि राम्रो अवसर हो । प्रधानमन्त्रीज्यू यसपटक केही गरेर छोडौँ भन्नेमा हुनुहुन्छ । त्यसले हामीलाई पनि ऊर्जा दिएको छ । त्यसका लागि हामी सबैको पनि उच्च मनोबलका साथ क्रियाशीलताको खाँचो छ ।”

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका १२ वटा निकाय तथा कार्यालयका प्रमुखहरूले आआफ्नो निकाय र कार्यालयहरूको कार्यादेश, नीतिगत र संरचनागत स्थिति, प्राप्त उपलब्धि, सीमा, समस्या र सरकारसँग गरिएको अपेक्षाबारे संक्षेपमा बिफ्रिङ गरेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : ०५ बजे

कांग्रेस कार्यसम्पादन समिति बैठक, महाधिवेशन सर्न सक्ने (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपामा बसिरहेको छ। बैठक

तारिक रहमान स्वदेश फिर्तीको तयारीमा

एजेन्सी– बङ्गलादेशको प्रभावशाली राजनीतिक परिवारका उत्तराधिकारी तथा प्रमुख विपक्षी दल

प्रतिनिधि सभा निर्वाचनका लागि ६ वटा क्षेत्रबाट ज्ञानेन्द्र शाही सिफारिस

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन २१ गते

गल्दै जेन-जी प्रदर्शनकारी, माइतीघरमा डेढ घण्टा बसेर फर्किए (तस्बिरहरू)

काठमाडौं–  जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले आजपनि काठमाडौंको माइतीघरमा

भरतमोहन पुत्रीको चुनावी बाचा : युवालाई मनपरेको काम, गोजीमा दाम, गाउँ-ठाउँमा नाम

काठमाडौं- पूर्वअर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारी पुत्री लीमा राष्ट्रिय स्वतन्त्र पार्टी