साफ च्याम्पियनसिप खेल्ने यु–२० महिला फुटबल टिमको विदाई « Khabarhub

साफ च्याम्पियनसिप खेल्ने यु–२० महिला फुटबल टिमको विदाई


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) ले यु–२० राष्ट्रिय महिला फुटबल टिमलाई विदाई गरेको छ ।

एन्फाले मंगलबार बंगलादेशको ढाकामा आयोजना हुने साफ यु–२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीलाई विदाई गरेको हो । च्याम्पियनसिपका लागि प्रिती राईको कप्तानीमा नेपाली टोलीको घोषणा भइसकेको छ ।

मुख्य प्रशिक्षक यम गुरुङले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । विदाई कार्यक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले अनुशासित भएर लक्ष्य प्राप्तिका लागि खेल प्रदर्शन गर्न आग्रह गरे ।

महिला यु–२० साफ च्याम्पियनसिप २०२३ को फेब्रुअरी ३ देखि ९ सम्म आयोजना हुनेछ । प्रतियोगितामा नेपाल, आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : १८ बजे

च्यास्मिटार–डिकुवा–कुर्लेघाट सडक कालोपत्रे हुने

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक कालोपत्रे हुने

मिटरब्याज पीडितलाई खुलामञ्चमा राख्ने तयारी शंकास्पद : बालेन

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले मिटरब्याज पीडितलाई खुलामञ्चमा

सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

तनहुँ – जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई

भरतपुर सबस्टेसन वैशाख र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न हुने

लमजुङ – मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२०

पाँचखालको तरकारीमा घट्यो विषादी अवशेष

काभ्रे – पाँचखाल नगरमा उत्पादन हुने तरकारीमा विषादीको अवशेष घटेको