चोरीका सामग्रीसहित प्युठानबाट दुई युवा पक्राउ « Khabarhub

चोरीका सामग्रीसहित प्युठानबाट दुई युवा पक्राउ


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चोरीका सामग्रीसहित प्युठानबाट दुई जना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले दिएको जानकारीअनुसार स्वर्गद्वारी नगरपालिका ४ भिंगृमा खटिएको प्रहरीको गस्तीले रोल्पाका दुई युवा पक्राउ परेका हुन् ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका ४ का २८ वर्षीय देव पुन र लुंग्री गाउँपालिका ६ गुम्चालका १८ वर्षीय भिमे परियारलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूसँग खानतलासी गर्दा विभिन्न स्थानबाट चोरी गरेर ल्याइएका भाँडाकुँडाहरू तामाको ताउला २, गाग्री २, कसौँडी ३, डाडु १ थान र २ थान मोबाइल सेट फेला परेको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानमा लगिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : ४९ बजे

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर