सिद्धार्थनगरका २६ जनालाई होटल तथा लज व्यवस्थापन तालिम « Khabarhub

सिद्धार्थनगरका २६ जनालाई होटल तथा लज व्यवस्थापन तालिम


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भैरहवा – नगर क्षेत्रमा पर्यटन प्रवर्द्धन र रोजगारी सृजना गरी होटल व्यवसायलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन १० दिने साना होटल तथा लज व्यवस्थापन तालिम प्रदान गरेको छ ।

सिद्धार्थनगर नगरपालिकाको आयोजना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिस्ष्ठान काठमाडौंको सहकार्यमा होटल कसरी चलाउने सम्पूर्ण प्याकेज कुकिङ, हाउस किपिङ, सर्भिस र फ्रन्ट अफिसलगायतको विषयमा केन्द्रित भई तालिम दिइएको हो ।

नगरभित्रका २६ जना होटल व्यवसायी, कार्यरत कर्मचारी, होटल व्यवसाय गर्न इच्छुक र विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको नगरपालिकाका अधिकृत कमलकान्त खनालले जानकारी दिए । सञ्चालन गरिरहेको होटललाई के कसरी थप व्यवस्थापन गर्ने, रोजगारी सृजना गर्न र क्षमता अभिवृद्धि गरी यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न स्वरोजगार बन्न सहयोग पुगेस भन्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको अधिकृत खनालले बताए ।

माघ ४ गते देखि भैरहवा स्थित पौवा होटलमा साना होटल तथा लज व्यवस्थापन तालिम सुरु गरिएको थियो । कोभिडले शुन्य अवस्थामा पुगेको पर्यटन व्यवसायको मुख्य होटल व्यवसायी नै भएकोले यस व्यवसायलाई पूर्वावस्थामा ल्याउन तालिमले थप सहयोग पुग्ने तालिममा सहभागी होटल व्यवसायीले भने । तालिमबाट हामीलाई समयसापेक्ष ज्ञान तथा सीप प्रदान भएको र यसलाई व्यवहारमा उतारी थप व्यवस्थित रुपमा होटल संचलन गर्न सहयोग पुग्ने उनीहरूले बताए ।

१० दिने तालिममा होटल संचालनका लागि आधारभूत सबै क्षेत्रलाई समेटेर तालिम प्रदान गरिएको सहयोगी संस्था नेपाल पर्यटन होटल व्यवस्थापन प्रतिष्ठानका तालिम संयोजक अशोक उपाध्यायले बताए । करिब सय वढि चाइनिज, इन्डिियन, कन्टीनेन्टीयल, ब्रेक फास्ट, सुप, डेजर्ट, सलाद, थाली खाना, र खानाका परिकारहरुको तालिम दिएका छौ यसले होटलमा काम गर्नेहरुका लागि र होटल संचालन गर्ने तयारीमा रहनु भएका सबैले प्रत्यक्ष रुपमा लाभ लिएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : १७ बजे

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक