भारतमा यो वर्ष ११ करोड २० लाख टन गहुँ उत्पादन हुने « Khabarhub

भारतमा यो वर्ष ११ करोड २० लाख टन गहुँ उत्पादन हुने


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले आर्थिक वर्ष सन् २०२२/२३ मा ११ करोड २० लाख टन गहुँ उत्पादन हुने प्रक्षेपण गरेको छ । भारतीय आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सका अनुसार अनुकूल मौसम र तुलनात्मक रुपमा यस वर्ष बढी क्षेत्रफलमा गहुँखेती गरिएका कारण भारतमा गहुँको उत्पादन बढ्ने प्रक्षेपण गरिएको हो ।

यसअघि आर्थिक वर्ष सन् २०२१/२२ मा भारतमा गहुँको १० करोड ६८ लाख टन गहुँ उत्पादन भएको थियो । अघिल्लो आर्थिक वर्षमा गहुँ उत्पादन हुने राज्यहरुमा आएको तापलहरका कारण गहुँको उत्पादन अपेक्षाअनुसार नभएको बताइएको छ ।

त्यसअघि आर्थिक वर्ष सन् २०२०/२१ मा भारतमा १० करोड ९५ लाख टन गहुँ उत्पादन भएको थियो । सामान्यतया भारतमा अक्टोबर महिनाबाट गहुँखेती सुरु भई मार्च अप्रिलमा अन्न भित्र्याइन्छ ।

पछिल्लो तथ्यांकअनुसार भारतको ३ करोड ३२ लाख १६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको छ । यसअघि अघिल्लो आर्थिक वर्षमा ३ करोड २९ लाख ८८ हजार हेक्टरमा गहुँखेती गरिएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : ३० बजे

५ ओभरमा १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले गुमायो पहलो विकेट

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ५ ओभरमा

टस जितेको सुदूरपश्चिमले पहिले फिल्डिङ गर्दै

काठमाडौं- एनपिएल अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई