भारतमा यो वर्ष ११ करोड २० लाख टन गहुँ उत्पादन हुने « Khabarhub

भारतमा यो वर्ष ११ करोड २० लाख टन गहुँ उत्पादन हुने


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतले आर्थिक वर्ष सन् २०२२/२३ मा ११ करोड २० लाख टन गहुँ उत्पादन हुने प्रक्षेपण गरेको छ । भारतीय आर्थिक अनलाइन समाचार पोर्टल इकोनोमिक टाइम्सका अनुसार अनुकूल मौसम र तुलनात्मक रुपमा यस वर्ष बढी क्षेत्रफलमा गहुँखेती गरिएका कारण भारतमा गहुँको उत्पादन बढ्ने प्रक्षेपण गरिएको हो ।

यसअघि आर्थिक वर्ष सन् २०२१/२२ मा भारतमा गहुँको १० करोड ६८ लाख टन गहुँ उत्पादन भएको थियो । अघिल्लो आर्थिक वर्षमा गहुँ उत्पादन हुने राज्यहरुमा आएको तापलहरका कारण गहुँको उत्पादन अपेक्षाअनुसार नभएको बताइएको छ ।

त्यसअघि आर्थिक वर्ष सन् २०२०/२१ मा भारतमा १० करोड ९५ लाख टन गहुँ उत्पादन भएको थियो । सामान्यतया भारतमा अक्टोबर महिनाबाट गहुँखेती सुरु भई मार्च अप्रिलमा अन्न भित्र्याइन्छ ।

पछिल्लो तथ्यांकअनुसार भारतको ३ करोड ३२ लाख १६ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएको छ । यसअघि अघिल्लो आर्थिक वर्षमा ३ करोड २९ लाख ८८ हजार हेक्टरमा गहुँखेती गरिएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ९ : ३० बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको