मधेस प्रदेशमा अझै मिलेन भागबन्डा | Khabarhub Khabarhub

मधेस प्रदेशमा अझै मिलेन भागबन्डा


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनुषा – मधेस प्रदेश सरकारको सत्ता साझेदार दलबीच मन्त्रालय भागबन्डाको विषयमा सहमति जुट्न सकेको छैन । मन्त्रिमण्डलले पूर्णता पाउने गरी मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिए पनि सत्ता साझेदार दलबीच आपसमा सहमति जुट्न नसकेको हो ।

मधेस सरकारमा जनता समाजवादी पार्टी (जसपा), नेकपा (एमाले), जनमत पार्टी र नेकपा (माओवादी केन्द्र) ले सत्ता साझेदारी गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले शपथ लिएको तीन साता पुग्नलाग्दासमेत सरकारले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । सत्ता साझेदार दलहरूबीच मन्त्रालयको भागबण्डामा औपचारिक सहमति हुन नसक्दा सरकारले पूर्णता पाउन नसकेको मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जय यादवले बताए ।

कसले कुन मन्त्रालय पाउने विषयमा सहमति हुन नसक्दा मुख्यमन्त्री सरोजकुमार यादवलाई सरकार विस्तार गर्न समस्या भएको हो । एउटै मन्त्रालयमा जसपा र जनमत पार्टी दुवैले दाबी गरेपछि मुख्यमन्त्री यादवलाई मन्त्रिपरिषद् विस्तार गर्न कठिनाइ परेको देखिएको छ । जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले आफूहरूले सुरुदेखि नै सामाजिक विकास मन्त्रालय मागे पनि यसमा सहमति जुट्न नसकेको बताए।

यादवले भने, “सत्तारूढ दलहरूबीच पुस १९ गते भएको सहमतिअनुरूप जनमतलाई सामाजिक विकास मन्त्रालय दिने भनिए पनि माघ १३ गते हामीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइयो । सामाजिक विकासमा हाम्रो अडान अझै कायम छ । हामी पछाडि हट्दैनौँ ।” उनले जनमतले तत्कालका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले स्वीकार गरेको बताए ।

जनमत र जसपाबीच सहमति जुट्न नसक्दा माओवादी केन्द्रले पनि आफ्नो छुट्टै अडान पेस गरेको छ । मुख्यमन्त्री यादवले माओवादी केन्द्रलाई एक मन्त्री र एक राज्यमन्त्री मात्रै दिने बताइरहँदा माओवादी केन्द्र मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले आफूहरूले दुई मन्त्रालय पाउनुपर्ने अडान राखेका छन् । माओवादी केन्द्रलाई मुख्यमन्त्री यादवले एउटा मन्त्री र एउटा राज्यमन्त्री मात्रै दिने भनेपछि आफूहरूबीच सहमति जुट्न नसकेको संसदीय दलका नेता साहले बताए।

माओवादी केन्द्रलाई एउटा विकासे र एउटा प्रशासनिक मन्त्रालय नदिए सरकारलाई बाहिरैबाट समर्थन गर्ने साहले बताए। मधेस प्रदेशमा माओवादी केन्द्रका नौ प्रदेशसभा सदस्य छन् । जसपाभित्र पनि मन्त्रालय भागबन्डामा आन्तरिक विवाद छ । महोत्तरीबाट स्वतन्त्र निर्वाचित सुरिता साह भौतिक पूर्वाधार अथवा सामाजिक विकास मन्त्रालय पाउने शर्तमा जसपा प्रवेश गरे पनि अहिले विवाद बढेको जसपाका प्रदेशसभा सदस्यले बताए ।

माघ ४ गते बसेको प्रदेशसभा बैठकले मुख्यमन्त्री यादवलाई एक सय दुई प्रदेशसभा सदस्यले विश्वासको मत प्राप्त भयो । मुख्यमन्त्री नियुक्त भएको नवौँ दिनमा उनले विश्वासको मत पाएका छन्। यादवले प्रदेशसभाको दोस्रो ठूलो दल नेपाली कांग्रेसको पनि विश्वासको मत प्राप्त गरेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : १५ बजे

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने