सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता : रामचन्द्र पौडेल | Khabarhub Khabarhub

सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता : रामचन्द्र पौडेल


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको विकासका लागि सहमति, सहकार्य र एकता अहिलेको आवश्यकता रहेको बताएका छन्।

नेपाली कांग्रेस तनहुँले आज आयोजना गरेको वर्तमान अवस्थामा कांग्रेसको भूमिका विषयक अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले सहमति, सहकार्य र एकताले नै देशको प्रगति हुने धारणा व्यक्त गरे । राष्ट्रिय सहमतिका लागि आफूले विगतदेखि नै आवाज उठाउँदै आएको उनले बताए । वरिष्ठ नेता पौडेलले पार्टीमा गुटबन्दी हुँदा कमजोर भएको चर्चा गर्दै राजनीतिक पार्टीबीच दलबन्दी हुँदा देश कमजोर हुने टिप्पणी गरे ।

वरिष्ठ नेता पौडेलले जनतालाई शक्तिशाली बनाउन दलको आवश्यकता भएको उल्लेख गर्दै दलका नेताहरुलाई जनतामुखी बन्नुपर्ने सुझाव दिए।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारी, प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, काङ्ग्रेस जिल्ला सभापति जीतप्रकाश आले, पूर्वसभापति बैकुण्ठ न्यौपानेलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा नेता पौडेलले कांग्रेस तनहुँले प्रकाशित गरेको त्रैमासिक बुलेटिनको विमोचनसमेत गरेका छन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  १० : ५४ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः