सातौँ संस्करणको विराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई « Khabarhub

सातौँ संस्करणको विराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सुन्दरहरैँचा – सातौँ संस्करणको विराट गोल्डकपको उपाधि आयोजक विराटनगर सिटी क्लबले जितेको छ।

सहिद रङ्गशालामा बिहीबार सम्पन्न भएको रात्रिकालीन गोल्डकपको फाइनलमा भारत लुका सकर क्लब केरलालाई ४–० गोल अन्तरले पराजित गर्दै आयोजकले उपाधि उचालेको हो । छ दशकपछि घरेलु मैदानमा विराटनगरले पाहुना टोलीलाई पाखा लगाउँदै सातौँ संस्करणको विराट गोल्डकप उपाधि जित्न सफल भएको हो ।

विराटनगर सिटीले उपाधिसँगै नगद रू २० लाख १५ हजार हात पारेको छ । उपविजेता केरलाले रु १० लाख १५ हजारमा चित्त बुझायो । जितका लागि विराटनगर सिटीका अफिज ओरवा, बिमल घर्तीमगर, मेसुके र अभिषेक गुरूङले गोल गरेका थिए ।

विसं २०१८ को महेन्द्र गोल्डकपको पहिलो संस्करणमा तत्कालीन आयोजक मोरङ ११ उपविजेता र एलेभेन ज्वेल्स कोलाकाता विजेता बनेको थियो । विसं २०१९ मा आयोजक मोरङ ११ ले उपाधि जित्दा कोलकाता उपविजेता भएको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच विराटनगर सिटीका सुरज विके घोषित भए । उनले नगद ११ हजार पाए । फाइनलमा विधागत पुरस्कारमा पनि विराटनगर सिटीको बर्चस्व कायम रह्यो । बेस्ट प्लेयर अफ द टुर्नामेन्ट विराटनगर सिटीका मेसुके घोषित भए । यस्तै फेयर प्लेर अफ द टुर्नामेन्ट जावलाखेल युथ क्लब घोषित भएको छ । हाइस्कोरर विराटनगर सिटीका अभिषेक गुरूङ भए । उनले खेल अवधिभर दुई गोल गरेका थिए । बेस्ट फरवार्ड भारतको चालीज क्युराको, बेस्ट मिल्ड फिल्डर विराटनगर सिटीका युका सुजुकी, बेस्ट गोल किपर विराटनगर सिटीका विशाल श्रेष्ठ घोषित भए । बेस्ट डिफेन्टर विराटनगरका देवेन्द्र तामाङ घोषित भए ।

बेस्ट कोच विराटनगर सिटीका सन्तोष न्यौपाने भए । विधागत रुपमा अवार्ड पाउनेहरूले जनही रु २५ हजार पाए । पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथि एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ, विराट गोल्डकपको आयोजक समितिका संयोजक तथा विराटनगर महागनरपालिका प्रमुख नागेश कोइराला, विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियालगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : १२ बजे

मतदातासमक्ष एमाले महासचिव पोखरेलका पाँच संकल्प 

देउखुरी– दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा

गगनले भने : हिजो माओवादीले मान्छे मारिरहँदा नक्कली शरणार्थी बनेर मस्ती मार्नेहरूलाई नपत्याउनू

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले माओवादी युद्धका समयमा नक्कली

‘अबको पाँच वर्षलाई खेर जान दिँदैनौँ, हरेक महिनाको प्रगति विवरण सार्वजनिक गर्छौँ’

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई स्वर्णिम

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

काठमाडौं- विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीहरू मिलेर गत कात्तिक १९

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार