नयाँ मन्त्रीको शपथ दिउँसो, बिहान गठबन्धनको बैठक « Khabarhub

नयाँ मन्त्रीको शपथ दिउँसो, बिहान गठबन्धनको बैठक


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आज पूर्णता पाउने भएको छ।

मन्त्रीपरिषद् हिजो विस्तार भइसक्ने भनिए पनि प्रधानमन्त्रीको व्यस्तता र दलहरूको आन्तरिक तयारीका कारण आजलाई सरेको हो।

सरकारलाई पूर्णता दिनका लागि बिहीबार बिहान र बेलुका गरी दुई पटक बैठक बसेको थियो । रातिसम्म पनि केही दलले मन्त्रीको नाम टुंग्याउन नसकेपछि आज दिउँसो शपथ हुने गरी १ बजेभित्रै नाम दिन प्रधानमन्त्री प्रचण्डले साझेदार दलहरुलाई आग्रह गरेका छन् ।

नेताहरुका अनुसार अर्थ, गृह, रक्षा र सञ्चार मन्त्रालय कसले लिने भन्ने विवाद छैन । अर्थ र रक्षा कांग्रेसले र गृह र सञ्चार माओवादी केन्द्रले लिनेछन् । मिल्न बाँकी मन्त्रालयहरु आफैं मिलाउने भन्दै मिलाउन नसकेका दलसँग प्रधानमन्त्री प्रचण्डले नाम दिन भनेका छन् ।

नयाँ मन्त्रीहरूको शपथग्रहणका लागि आज दिउँसो ३ बजेको समय तय भइसकेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यसअघि अहिले बिहान एक चरण गठबन्धनको बैठक बस्नेछ। त्यसपछि मन्त्री र मन्त्रालय चयनलाई अन्तिम रूप दिइने बताइएको छ।

प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सरकारमा सहभागी हुने पार्टीको नेतृत्वसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

सत्ता साझेदार दलहरुका बीचमा माओवादी केन्द्र प्रधानमन्त्रीसहित ५,कांग्रेसले ८, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २-२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी,नेपाल समाजवादी पार्टी र प्रभु साहले १-१ मन्त्रालय पाउने समझदारी छ ।

१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालय आफैं चलाइरहेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ३३ बजे

सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने

काठमाडौं- सर्वोच्च अदालतमा आगामी साउन १ गतेदेखि ११ गतेसम्म नियमित

गणेश नेपालीको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक जनाले गरे आत्मदाह

काठमाडौं- मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेको घटना

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले