पौडीको शक्ति बन्दै क्यानडा | Khabarhub Khabarhub

पौडीको शक्ति बन्दै क्यानडा


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

१६ वर्षीय समर म्याककन्टोसले चार सय मिटर फ्रिस्टाइलमा विश्व कीर्तिमान कायम गरेकी छिन्। आसन्न विश्व च्याम्पियनसिपका लागि भएको क्यानडाका छनोटमा उनले विश्व कीर्तिमान कायम गरेकी हुन्। यत्ति मात्र होइन, जोस लीयोन्डीले एक सय मिटर बटरफ्लाइमा त्यत्तिकै उत्कृष्ट प्रदर्शन गरे। टिनएजर उनले गरेको प्रदर्शनसँगै क्यानडाको पौडी स्वर्णिम युगमा प्रवेश गरेको छ।

एकपछि अर्को सनसनीपूर्ण प्रदर्शन गरेकी म्याककन्टोसले यसै छनोट प्रतियोगिताको दुई सय मिटर व्यक्तिगत मेड्लीमा पनि सनसनी फैलाएकी छिन्। उनले यस प्रतियोगितामा पुरा गरेको समय सन् २०१६ को ओलम्पिकमा काटीन्का होजासुले कायम गरेको समय पछिको सबैभन्दा उत्कृष्ट हो।

सन् २०१६ को रियो ओलम्पिकमा पेनी ओलीयास्कीले स्वर्ण पदक जितेपछि क्यानडा पौडी माथिल्लो चरणमा प्रवेश गरेको थियो। सोही समयदेखि महिला स्पर्धामा अग्रणी रहेको क्यानडा अहिले पुरुष स्पर्धामा पनि अग्रणी बनेको छ। सायद अबको विश्व च्याम्पियनसिपमा क्यानडा सबै भन्दा हेर्न लायक टोली पनि हुनसक्ने छ। संसारका उत्कृष्ट पौडीबाजको रूपमा कुनै समय मार्क स्प्रीट्ज थिए।

एकपछि अर्को सनसनीपूर्ण प्रदर्शन गरेकी म्याककन्टोसले यसै छनोट प्रतियोगिताको दुई सय मिटर व्यक्तिगत मेड्लीमा पनि सनसनी फैलाएकी छिन्।

सन् १९७२ को ओलम्पिकमा सात स्वर्ण पदक जितेका कारण उनलाई सोही समयदेखि इतिहासका सर्वकालीन उत्कृष्ट पौडी खेलाडीको रूपमा चित्रण गरिएको थियो। ३२ वर्षपछि माइकल फ्लेप्सले एउटै ओलम्पिकमा सबैभन्दा धेरै पदक जित्ने खेलाडीको रूपमा कीर्तिमान कायम गरेका थिए। उनले सो ओलम्पिकमा छ स्वर्ण र दुई कांस्य पदक जितेका थिए। उनले सन् २००४ को लस एन्जलस ओलम्पिकमा दुई सय मिटर मेड्ली, चार सय मिटर मेड्ली , एक सय मिटर बटरफ्लाई, दुई सय मिटर बटरफ्लाइ, चार गुणा दुई सय मिटर रिले र मेड्ली रिलेको स्वर्ण पदक जितेका थिए। उनले दुई सय मिटर फ्रिस्टाइलमा कांस्य पदक जितेका थिए। सोही प्रतियोगितामा उनी सहितको अमेरिकी टोलीले चार गुणा एक सय मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेको थियो।

त्यसको चार वर्षपछि नै फ्लेप्सले एउटै ओलम्पिकमा ८ स्वर्ण पदकको कीर्तिमान कायम गरे। सो ओलम्पिकमा उनले चार वर्ष अघिका ६ स्वर्ण पदकलाई नै सुरक्षित गरेका थिए। चार वर्ष अघि कांस्य पदक जितेका दुई स्पर्धामा पनि उनले चार वर्षपछि स्वर्ण पदक जितेका थिए।

उनले चार व्यक्तिगत विश्व कीर्तिमान कायम गरेका थिए। चार विश्व कीर्तिमान भने अहिले छैनन्। तीन वटा भङ्ग भइसकेका छन् भने चार सय मिटर मेड्लीको विश्व कीर्तिमान मात्र उनको नाममा छ। एक सय मिटर बटरफ्लाइमा केलेब ड्रेसेल तथा दुई सय मिटर बटरफ्लाइमा क्रिस्टोफर मिलाकले नयाँ विश्व कीर्तिमान कायम गरेका छन्। यसैगरी दुई सय मिटर मेड्लीमा रेन लोक्टीले फ्लेप्सको कीर्तिमान भङ्ग गरेका छन्। त्यसपछि फ्लेप्सले थप दुई ओलम्पिकमा सहभागिता जनाउँदै कुल २३ स्वर्ण पदक जितेका छन्।

फ्लेप्सले एउटै ओलम्पिकमा ८ स्वर्ण पदकको कीर्तिमान कायम गरे। सो ओलम्पिकमा उनले चार वर्ष अघिका ६ स्वर्ण पदकलाई नै सुरक्षित गरेका थिए।

फ्लेप्स युगलाई पछ्याउँदै ड्रेसेल उदाएका थिए। तथापि उनको क्यारियर त्यत्ति जम्ने छाँटकाँट नै छैन। सन् २०१६ को ओलम्पिकमा ड्रेसेल १९ वर्षको उमेरमा पहिलो पटक अमेरिकी टोलीमा अटाएका थिए। एक सय मिटर फ्रिस्टाइलमा मात्र उनी छनोट भएका थिए। त्यस वर्ष उनले व्यक्तिगत स्पर्धामा फाइनल प्रवेश गरेका थिए। दुई रिलेमा भने उनी स्वर्ण पदक जित्न सफल भएका थिए।

रियो ओलम्पिक फ्लेप्स, लेडेकी र काटिन्का होजासुको सेरोफेरोमा घुमेको थियो। लेडेकीले ४ स्वर्ण पदक तथा एक रजत पदक जितेकी थिइन्। लेडेकीको पनि सनसनीपूर्ण प्रदर्शन रियो ओलम्पिकमा मात्र रहन पुग्यो। सन् २०१२ को लन्डन ओलम्पिकमा उनले आठ सय मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जितेकी थिइन्। तीनै लेडेक्कीले रियो अ‍ोलम्पिकमा दुई सय, चार सय र आठ सय मिटर फ्रिस्टाइलको स्वर्ण पदक जितिन्।

टोकियाको ओलम्पिकमा लेडेक्कीले आठ सय मिटर फ्रिस्टाइलको स्वर्ण पदकको रक्षा गरिन्। त्यसै ओलम्पिकमा महिलाको एक हजार पाँच सय मिटर फ्रिस्टाइल पनि थप गरिएको थियो। उनी सो स्पर्धामा पनि स्वर्ण पदक जोगाउन सफल भएकी थिइन्। चार सय मिटर फ्रिस्टाइलमा उनले रजत पदक जितेकी थिइन्। यसैगरी चार गुणा दुई सय मिटर फ्रिस्टाइलमा उनी सहितको अमेरिकी टोलीले रजत जितेको थियो। सन् २०२४ को पेरिस ओलम्पिकमा उनको लय कस्तो हुने हो भन्ने प्रतीक्षाको विषय बनेको छ।

अहिले क्यानडाका महिला पौडी उत्कृष्ट लयमा छ। उनको उदयसँगै अबको केही वर्ष संसारको उत्कृष्ट महिला पौडी टोलीको रूपमा क्यानडा रहने सम्भावना प्रबल छ।

ड्रेसेलले सन् २०१७ को विश्व च्याम्पियनसिप देखि सन् २०२१ को ओलम्पिकसम्म ५० मिटर फ्रिस्टाइल, एक सय मिटर फ्रिस्टाइल र एक सय मिटर बटरफ्लाइमा पकड राखेका थिए। यसै कारण उनी रिलेमा पनि उपयोगी भएका थिए। तीनै ड्रेसेल गत विश्व च्याम्पियनसिपको बीचमा नै रहस्यमय रूपले प्रतियोगिता छाड्न पुगेका थिए।

उनी फर्कनेमा अनिश्चित नै छ। फर्किए पनि एक सय मिटर फ्रिस्टाइलमा उनी पक्कै पनि कमजोर रहने छन्। उनका बाँकी रहेका दुई स्पर्धामा भने वास्तविक लयमा फर्कँदा जित्न सक्ने अवस्था छ।

यी सबै स्टारको सेरोफेरोमा सर्वकालीन उत्कृष्ट पौडीबाजको रूपमा उदाउँदै गरेकी म्याककन्टोस चार इभेन्टमा उत्कृष्ट छिन्। चार सय मिटर फ्रिस्टाइल, चार सय मिटर व्यक्तिगत मेड्ली, दुई सय मिटर व्यक्तिगत मेड्ले र दुई सय मिटर बटरफ्लाइमा त उनी उत्कृष्ट हुँदै हुन्। उनको अहिलेको लय हेर्दा आसन्न ओलम्पिकसम्म पुग्दा आठ सय मिटर फ्रिस्टाइलमा पनि उनी ठूलो चुनौती बनेर उदाउन सक्ने छन्।

क्यानडाको पुरुष टोलीका आकर्षण बनेको जोस लीयोन्डी २००२ मा जन्मिएका हुन्। ड्रेसेल पथमा रहेका लीयोन्डीका पनि तीन महत्त्वपूर्ण स्पर्धामा एक सय र ५० मिटर फ्रिस्टाइलमा साथै एक सय मिटर बटरफ्लाइ हो।

दुई सय मिटर व्यक्तिगत मेड्ली भने अबको विश्व च्याम्पियनसिप र ओलम्पिक हेर्न लायक नै हुने छ। अमेरिकाका तीन पौडीबाज एलेक्स वालस, केट्टी डगलस र लिया हायस पनि सो स्पर्धामा उत्कृष्ट छन्।

यी चारको बीचमा विश्व च्याम्पियनसिप र ओलम्पिकमा हेर्न लायक प्रतिस्पर्धा हुने छ। दुई सय मिटर फ्रिस्टाइल उनको अर्को उत्कृष्ट इभेन्ट हो। यी सबैमा सफल भए पनि व्यक्तिगत स्पर्धामा धेरै स्वर्ण पदक जित्ने खेलाडीको रूपमा समेत उनले ओलम्पिकमा कीर्तिमान राख्न सक्ने छिन्।

अहिले क्यानडाका महिला पौडी उत्कृष्ट लयमा छ। उनको उदयसँगै अबको केही वर्ष संसारको उत्कृष्ट महिला पौडी टोलीको रूपमा क्यानडा रहने सम्भावना प्रबल छ। उनको साथमा पेनी ओलीयास्की र मेगी म्याकनेल क्यानडाका भरपर्दा पौडीबाज हुन्। म्याकनेल एक सय मिटर पौडीको ओलम्पिक स्वर्ण पदक विजेता हुन्।

पेरिस ओलम्पिक त अझ डेढ वर्ष बाँकी छ। यो डेढ वर्ष एकदमै लामो समय हो। परन्तु सो ओलम्पिकसम्म म्याककन्टोस संसारकै उत्कृष्ट पौडीबाजको रूपमा रहनेमा कुनै शंका छैन।

म्याककन्टोसको उदयसँगै चार गुणा दुई सय मिटर फ्रिस्टाइल रिले पनि विश्व स्तरमा प्रतिस्पर्धा गर्न लायक बनेको छ। पेनी ओलीयास्की सो स्पर्धामा अर्की हेर्न लायक क्यानडाली स्टार हुन्। टेलर रक सहितको कारण क्यानडा मजबुत हुने छ।

क्यानडाको पुरुष टोलीका आकर्षण बनेको जोस लीयोन्डी २००२ मा जन्मिएका हुन्। ड्रेसेल पथमा रहेका लीयोन्डीका पनि तीन महत्त्वपूर्ण स्पर्धामा एक सय र ५० मिटर फ्रिस्टाइलमा साथै एक सय मिटर बटरफ्लाइ हो। उनी ५० मिटर फ्रिस्टाइल र एक सय मिटर बटरफ्लाइमा संसारका शीर्ष वरियताका खेलाडी भएका छन्।

पेरिस ओलम्पिक त अझ डेढ वर्ष बाँकी छ। यो डेढ वर्ष एकदमै लामो समय हो। परन्तु सो ओलम्पिकसम्म म्याककन्टोस संसारकै उत्कृष्ट पौडीबाजको रूपमा रहनेमा कुनै शंका छैन।
स्रोत : स्वीमस्वाम, स्विमिङ वर्ल्ड म्यागेजिन

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : १६ बजे

पाकिस्तानको विदेशी मुद्रा सञ्चितिमा गिरावट

इस्लामावाद – पाकिस्तानको स्टेट बैङ्क अफ पाकिस्तान (एसबीपी)ले बिहीबार आफ्नो

वैदेशिक रोजगारमा जानेलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न आग्रह

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको

नियम विपरीत राखिएका व्यक्तिगत सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले नियम विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ