फाइल फोटो

राजनीति

एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्डको शुभकामना

By खबरहब

March 31, 2023

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् ।

आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँमा महत्वपूर्ण भूमिका खेल्न  सबैमा आग्रह गरेका छन् ।

यस वर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आज सुरु भएको छ । यसवर्ष नियमित र ग्रेडवृद्धि गरी चार लाख ८५ हजार ३९६ विद्यार्थी सहभागी भएका छन् । परीक्षा चैत २९ गते सकिनेछ ।

यसवर्षको एसईईमा दुई लाख ४२ हजार ६७४ छात्र र दुई लाख ४२ हजार ७१२ छात्राले परीक्षा दिँदै छन् । यीमध्ये नेपाली विद्यार्थी अध्ययनरत एभरेष्ट इन्टरनेसनल स्कुल जापानबाट पनि १४ जना विद्यार्थी परीक्षामा सहभागी हुन लागेका छन् ।