रमेश खरेल स्वतन्त्र पार्टीबाट उपचुनाव लड्दै « Khabarhub

रमेश खरेल स्वतन्त्र पार्टीबाट उपचुनाव लड्दै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुशासन पार्टीका अध्यक्ष रमेश खरेल राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपचुनाव लड्ने भएका छन्।

१० वैशाखमा हुने उपचुनावमा खरेल बारा २ बाट लड्ने भएका हुन्। पूर्व डीआईजीसमेत रहेका खरेल ४ मंसिरमा काठमाडौँ क्षेत्रनम्बर १ मा पराजित भएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीले उनको नाम पार्टीमा हुने प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरेको छ। रास्वपाको पार्टी विधानअनुसार हुने प्रारम्भिक निर्वाचनमा सबभन्दा बढी मत पाउनेलाई आगामी चुनावमा पार्टीले टिकट दिनेछ ।

बारा २ मा खरेल र युवराज न्यौपानेको दाबी परेको छ। यसैगरी तनहुँ १ मा स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेले दाबी पेस गरेका छन् । चितवन २ मा पार्टी सभापति रवि लामिछाने मात्र उम्मेदवार छन् । वाग्लेले बिहीबार मात्र नेपाली कांग्रेस परित्याग गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : ०३ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको