लुम्बिनीबाट एसईईमा ८५ हजार परीक्षार्थी « Khabarhub

लुम्बिनीबाट एसईईमा ८५ हजार परीक्षार्थी


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – आज सुरु भएको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा लुम्बिनी प्रदेशबाट ८५ हजार चार सय २४ परीक्षार्थी सहभागी भएका छन् । नियमित साधारणतर्फ ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेडवृद्धितर्फ दुई हजार तीन सय दुई परीक्षार्थी सहभागी छन् ।

लुम्बिनी प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका अनुसार एसइईमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी रुपन्देहीबाट १८ हजार सात सय ८३ तथा सबैभन्दा कम पूर्वी रुकुमबाट एक हजार ९८ परीक्षार्थी सहभागी छन् । यस्तै दाङबाट १३ हजार चार सय ४८, बाँकेबाट आठ हजार आठ सय ८६, कपिलवस्तुबाट आठ हजार छ सय ९९, बर्दियाबाट सात हजार छ सय ८२, पश्चिम नवलपरासीबाट छ हजार ६२, पाल्पाबाट चार हजार पाँच सय ४६, गुल्मीबाट चार हजार सात सय २२, अर्घाखाँचीबाट तीन हजार दुई सय ७५, रोल्पाबाट चार हजार ५१ र प्यूठानबाट चार हजार एक सय ७२ परीक्षार्थी सहभागी भएको निर्देशनालयका सूचना अधिकारी माधव पोखरेलले बताए ।

परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीमध्ये नियमिततर्फको साधारणमा ८० हजार एक सय ६५, प्राविधिक धारतर्फ दुई हजार नौ सय ५७ र ग्रेड वृद्धितर्फ दुई हजार तीन सय दुई विद्यार्थी छन् । एसइई परीक्षालाई मर्यादित, अनुशासित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न प्रदेशका १२ वटै जिल्लामा तीन सय ३४ परीक्षा केन्द्रमा तीन सय ३४ केन्द्राध्यक्ष र पाँच सय ७७ सहायक केन्द्राध्यक्ष खटाइएको प्रदेश शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक यमबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : ५९ बजे

दीपक-दीपाले आज छान्ने छन् करदाता उपहारका भाग्यशाली विजेता, १७ जनाले नगद पुरस्कार पाउने

काठमाडाैँ – आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार

सुनकोशीमा जिप खस्दा तीन जनाको मृत्यु, तीन बेपत्ता र चार घाइते

काठमाडौँ– सिन्धुलीको फिक्कल–६ नागथानमा काठमाडौँबाट खोटाङतर्फ जाँदै गरेको को १

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर