भारतमा उपचाररत क्यान्सर पीडित राईलाई १७ लाख सहयोग « Khabarhub

भारतमा उपचाररत क्यान्सर पीडित राईलाई १७ लाख सहयोग


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

खोटाङ – क्यान्सर भएपछि भारत पुगेर उपचार गराइरहेका खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका चन्द्रकुमार राईलाई आर्थिक सहयोग जुटाइएको छ ।

विगत ७ महिनादेखि नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर ईन्स्टिच्युट एण्ड रिसर्च सेन्टर अस्पतालमा उपचार गराइरहेका राईलाई शुभेच्छुकको पहलमा १७ लाख एक हजार १६६ रुपैयाँ उपचारका लागि सहयोग जुटाइएको हो ।

आफ्नो गाउँको शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाइ, सोलार वितरण लगायतका क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएका राईलाई क्यान्सर भएपछि सोही ठाउँका युवा अभियन्ता केदार आले मगरको नेतृत्वमा ‘क्यान्सर पीडित चन्द्रकुमार राई बचाऊ अभियान’ सञ्चालन गरिएको थियो । समाजसेवी राईको जीवन बचाउका लागि १५२ दाताबाट एक हजारदेखि तीन लाख ५० हजारसम्म सहयोग प्राप्त भएको अभियन्ता मगरले जानकारी दिए ।

राईको उपचारका क्रममा हालसम्म १८ लाख खर्च भइसकेको छ । डाक्टरको परामर्श अनुसार औषधि सेवनमा मात्र उनको मासिक दुई लाख खर्च भइरहेको छ । ७ महिना यता महंगो औषधि सेवन गरिरहेका कारण उपचारमा सहयोग पुर्‍याउनका लागि सहयोग संकलन अभियान सञ्चालन गरिएको अर्का अभियन्ता ईश्वर बन्जाराले बताए ।

संकलन भएको रकमको चेक बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा खोटाङका प्रतिनिधिसभा सदस्य रामकुमार राईले क्यान्सर पीडित राईलाई हस्तान्तरण गरेका छन् । क्यान्सरसँग जुधिरहेका बेला सहयोग रकम जुटेको देख्दा रोगले गाँजे पनि ‘परोपकारी, निःस्वार्थी र समाजसेवी व्यक्तिलाई शुभेच्छुकको साथ मिल्दोरहेछ’ भन्ने महसुस भएको राईले सुनाए। क्यान्सर पीडित राईले यसअघि साकुमा फ्रेण्डसीप ट्रष्टमार्फत गाउँमा २१ वटा सामाजिक काम गरेका थिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १० : ५७ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन