पूर्वराष्ट्रपति ट्रम्पमाथि फौजदारी अभियोग, अदालतमा उपस्थित हुँदै « Khabarhub

पूर्वराष्ट्रपति ट्रम्पमाथि फौजदारी अभियोग, अदालतमा उपस्थित हुँदै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – म्यानह्याटनको ग्राण्ड जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि फौजदारी अभियोगमा मुद्दा दर्ता गरेको छ ।  यस सम्बन्धमा उनी आगामी मंगलबार न्युयोर्क अदालतमा उपस्थित हुँदै छन्।

बेलायती समाचार संस्था द गार्डियनका अनुसार, त्यहाँ उनको औँलाका छाप सङ्कलन गरिने, फोटो खिच्ने र पक्राउका लागि तयारी हुनेछ। त्यहाँ उनकी पूर्व श्रीमती पनि उपस्थित हुनसक्ने अनुमान गरिएको छ ।

ट्रम्पविरुद्ध अभियोग दर्तापछि डेमोक्रेटहरूले कानुनभन्दा माथि कोही छैनन् भनेका छन्। पोर्न स्टार स्ट्रोमी ड्यानिल्ससँगको अनैतिक सम्बन्ध लुकाउन ट्रम्पले उनलाई पैसा दिएको आरोप छ। ट्रम्प र ड्यानियल्सबीचको अनैतिक सम्बन्ध लुकाउन र मौन बस्न भन्दै ड्यानियल्सलाई १ लाख ३० हजार डलर दिएको आरोप छ। ड्यानियल्सले पनि ट्रम्पले आफूलाई मौन बस्न पैसा दिएको दाबी गर्दै आएकी छन्।

योसँगै ट्रम्प कुनै पनि फौजदारी अभियोग लाग्ने अमेरिकाका पहिलो पूर्व राष्ट्रपति बनेका छन्। ट्रम्प सन् २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार हुन्। उनीविरूद्ध कुन–कुन मुद्दा चल्नेछन् भन्ने विषय भने सार्वजनिक गरिएको छैन।

यद्यपि, उनीविरूद्ध पोर्न स्टारको विषयबाहेक व्यावसायिक ठगीसँग सम्बन्धित ३० भन्दा बढी मामिला जोडिएको सीएनएनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १२ : ०८ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार