पूर्वराष्ट्रपति ट्रम्पमाथि फौजदारी अभियोग, अदालतमा उपस्थित हुँदै | Khabarhub Khabarhub

पूर्वराष्ट्रपति ट्रम्पमाथि फौजदारी अभियोग, अदालतमा उपस्थित हुँदै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – म्यानह्याटनको ग्राण्ड जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पमाथि फौजदारी अभियोगमा मुद्दा दर्ता गरेको छ ।  यस सम्बन्धमा उनी आगामी मंगलबार न्युयोर्क अदालतमा उपस्थित हुँदै छन्।

बेलायती समाचार संस्था द गार्डियनका अनुसार, त्यहाँ उनको औँलाका छाप सङ्कलन गरिने, फोटो खिच्ने र पक्राउका लागि तयारी हुनेछ। त्यहाँ उनकी पूर्व श्रीमती पनि उपस्थित हुनसक्ने अनुमान गरिएको छ ।

ट्रम्पविरुद्ध अभियोग दर्तापछि डेमोक्रेटहरूले कानुनभन्दा माथि कोही छैनन् भनेका छन्। पोर्न स्टार स्ट्रोमी ड्यानिल्ससँगको अनैतिक सम्बन्ध लुकाउन ट्रम्पले उनलाई पैसा दिएको आरोप छ। ट्रम्प र ड्यानियल्सबीचको अनैतिक सम्बन्ध लुकाउन र मौन बस्न भन्दै ड्यानियल्सलाई १ लाख ३० हजार डलर दिएको आरोप छ। ड्यानियल्सले पनि ट्रम्पले आफूलाई मौन बस्न पैसा दिएको दाबी गर्दै आएकी छन्।

योसँगै ट्रम्प कुनै पनि फौजदारी अभियोग लाग्ने अमेरिकाका पहिलो पूर्व राष्ट्रपति बनेका छन्। ट्रम्प सन् २०२४ को राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार हुन्। उनीविरूद्ध कुन–कुन मुद्दा चल्नेछन् भन्ने विषय भने सार्वजनिक गरिएको छैन।

यद्यपि, उनीविरूद्ध पोर्न स्टारको विषयबाहेक व्यावसायिक ठगीसँग सम्बन्धित ३० भन्दा बढी मामिला जोडिएको सीएनएनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १२ : ०८ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका