डलर साट्ने बहानामा ३० लाख ठगी गर्ने एक जना पक्राउ | Khabarhub Khabarhub

डलर साट्ने बहानामा ३० लाख ठगी गर्ने एक जना पक्राउ


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपत्यकाका ४ भन्दा बढी स्थानमा डलर साट्ने बहानामा लुटपाट गर्ने एक जना पक्राउ परेका छन् ।

उपत्यकाको विभिन्न स्थानहरूबाट विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साटिदिन्छु भनी प्रलोभन देखाई साढे ३० लाख ठगी गर्ने एक जना पक्राउ परेका हुन्।

उनले भक्तपुरको दधिकोटबाट १९ लाख, भक्तपुर बालकोटबाट पाँच लाख पचास हजार, ललितपुर सानोगाउँबाट चार लाख र ललितपुर चाँगाथलीबाट दुई लाख ठगी गरेको सीसीटीभी फुटेजसहितको उजुरी परेपछि प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थलि घर भई हाल बालकोट बस्ने २८ को भीमबहादुर तामाङलाई १५ चैतमा बालकोट बसपार्कबाट नियन्त्रणमा लिएको हो।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त सातदोबाटो पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। घटनामा संलग्न अन्यको खोजी भइरहेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १२ : ५५ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’