माल्टा पठाइदिने भन्दै २ लाख ठगी « Khabarhub

माल्टा पठाइदिने भन्दै २ लाख ठगी


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खोटाङ – माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बाङमाका दिपेश राई एजेन्टबाट ठगिएका छन् ।

माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले दुई लाख लिएर ठगी गरेका हुन् । माल्टा पठाउने भन्दै दुई लाख लिएका शाहीले नौ महिना बित्दासमेत विदेश नपठाएको आफन्त यानकुमार राईले बताए ।

माल्टा पठाउने भनेपछि दिपेशकी आमा प्रमिला राईले २०७९ असार १३ गते शाहीको नाममा दुई लाख १० हजार जम्मा गरिदिएकी थिईन् । विदेश पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले पटक–पटक भाका राख्दै ढाँट्ने गरेका छन् ।

भनेको समयभित्र माल्टा पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले मंसिरमा निकाल्न मिल्नेगरी २०७९ साउन २४ गते माछापुछ्रे बैंकको दुई लाखको चेक दिएका थिए तर झिक्न जाँदा खातामा कहिल्यै पैसा नभएको पिडित परिवारले बताएका छन् । फोन गर्दा भाका राखेकोराख्यै गर्ने वा फोन नउठाउने गरेको राईले बताए । ‘न विदेश पठायो, न पैसा फिर्ता दियो,’ राईले भने, ‘पैसा झिक्न बैंकमा जाउ भन्छ, गएर चेक गर्दा खातामा पैसा हुन्न । फोन गर्दा भाका राखेको राख्यैगर्छ । कति ढाँटेढाँटे भनिसाध्य छैन ।’ पैसा फिर्ताका लागि कानुनी प्रकृया अपनाउने तयारी गरिएको पिडित परिवारले बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १ : १५ बजे

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको