भारतमा रामनवमी मनाउन मन्दिरमा भेला भएका भक्तजन इनारमा खस्दा ३६ जनाको मृत्यु | Khabarhub Khabarhub

भारतमा रामनवमी मनाउन मन्दिरमा भेला भएका भक्तजन इनारमा खस्दा ३६ जनाको मृत्यु


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रामनवमी पर्व मनाउन भारत मध्य प्रदेशको पटेलनगरस्थित शिव मन्दिरमा भेला भएका भक्तजन त्यहाँ रहेको इनारमा खस्दा ज्यान गुमाउनेको सङ्ख्या ३६ पुगेको छ । इनारमा खसेर बेपत्ता भएकाहरूको खोजी जारी छ । राज्य सरकारले मन्दिर प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ ।

सिमेन्टको स्ल्याबले ढाकिएको इनारमाथि पूजाअर्चनाका निम्ति बिहीबार भक्तजन भेला भएका थिए । भीडको भार थाम्न नसक्दा स्ल्याब भत्कँदा उनीहरू इनारमा खसेका थिए । इन्दोरका प्रहरी आयुक्त मकरन्द देवस्करले मन्दिर प्रशासनका अध्यक्ष र सचिवविरुद्ध अनजानमा हत्या गरिएको भन्दै मुद्दा दर्ता गरिएको बताएका छन् ।

आयुक्त देवस्करका अनुसार १४ जनाको उद्धार गरिएको छ । दुई जना उपचारपछि घर फर्केका छन् । एक जना अझै हराइरहेका छन् । पचहत्तर जना भारतीय सेनाका अधिकारीको १८ घण्टा लामो प्रयासमा उनीहरूलाई उद्धार गरिएको थियो ।

घटनाबारे जानकारी पाउने वित्तिकै मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान तथा गृहमन्त्री नरेन्द्र मिश्र घटनास्थल पुगेका थिए । उनीहरुले द्रुत गतिमा उद्धार गर्न निर्देशन दिँदै घाइतेहरूको निःशुल्क उपचार गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका थिए ।

राज्य सरकारले दोषीलाई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै घटनाको छानबिन गर्न निर्देशन दिएको छ । यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले घटनामा ज्यान गुमाएकाहरूका परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  २ : ०४ बजे

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार