माल्टा पठाउने भन्दै लाखौँ ठगी « Khabarhub

माल्टा पठाउने भन्दै लाखौँ ठगी


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

खोटाङ- माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बाङमाका दीपेश राई एजेन्टबाट ठगिएका छन् ।

माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले दुई लाख लिएर ठगी गरेका हुन् । माल्टा पठाउने भन्दै दुई लाख लिएका शाहीले नौ महिना बित्दासमेत विदेश नपठाएको आफन्त यानकुमार राईले बताए ।

माल्टा पठाउने भनेपछि दीपेशकी आमा प्रमिला राईले २०७९ असार १३ गते शाहीको नाममा दुई लाख १० हजार जम्मा गरिदिएकी थिइन् । विदेश पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले पटक–पटक भाका राख्दै ढाँट्ने गरेका छन् ।

भनेको समयभित्र माल्टा पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले मंसिरमा निकाल्न मिल्ने गरी २०७९ साउन २४ गते माछापुच्छ्रे बैंकको दुई लाखको चेक दिएका थिए तर झिक्न जाँदा खातामा कहिल्यै पैसा नभएको पीडित परिवारले बताएका छन् ।

फोन गर्दा भाका राखेकोराख्यै गर्ने वा फोन नउठाउने गरेको राईले बताए । ‘न विदेश पठायो, न पैसा फिर्ता दियो,’ राईले भने, ‘पैसा झिक्न बैंकमा जाउ भन्छ, गएर चेक गर्दा खातामा पैसा हुन्न । फोन गर्दा भाका राखेको राख्यै गर्छ । कति ढाँटे ढाँटे भनिसाध्य छैन ।’ पैसा फिर्ताका लागि कानुनी प्रक्रिया अपनाउने तयारी गरिएको पीडित परिवारले बताएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  २ : ११ बजे

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं

१५ वर्षपछि दसैँ गीतमा फर्किए सुरेश अधिकारी, ‘रातो टीका जमरा’ सार्वजनिक

काठमाडौँ – वरिष्ठ संगीतकार सुरेश अधिकारी करिब १५ वर्षपछि नयाँ दसैँ

रुसमाथिका प्रतिबन्धमा ट्रम्पको रोक

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप आर्थिक प्रतिबन्ध

दाङका थारू बस्तीमा सख्या पैयाँ नाचको रौनक

घोराही– दाङका थारू बस्तीमा यति बेला सख्या पैयाँ नाचको रौनक

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको