भारतमा कोरोनाका बिरामी बढेसँगै सचेत रहन डब्ल्युएचओको आग्रह | Khabarhub Khabarhub

भारतमा कोरोनाका बिरामी बढेसँगै सचेत रहन डब्ल्युएचओको आग्रह


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतमा पुनः कोरोनाका बिरामी बढेका छन् । बितेका पाँच महिनाको अवधिमा आज सबैभन्दा धेरै सङ्क्रमित फेला परेका हुन् । आज एकै दिन तीन हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या झन्डै छ महिना यताकै उच्च हो । बुधबार तीन हजार सङ्क्रमित फेला परेका थिए ।

उक्त मन्त्रालयले आज सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार महामारी क्रमशः साम्य भएपछि गत अक्टोबर २८ मा सबैभन्दा दुई हजार दुई सय आठ जनामा सङ्क्रमण देखिएको थियो । बुधबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ५०९ रहेकामा आज त्यसमा वृद्धि भई १५ हजार २०८ पुगेको छ । बितेका २४ घण्टामा एक हजार ३९० बिरामीले स्वास्थ्य लाभ गरेका छन् ।

उक्त मन्त्रालयले राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म दुई अर्ब २० करोड ६५ लाख मात्रा खोप लगाइएको तथा त्यसमा ९५ करोड २० लाख दोस्रो मात्रा र २२ करोड ८६ लाख मात्रा सावधानीका लगाइएको जनाएको छ । पछिल्लो २४ घण्टामा छ हजार ५५३ जनालाई खोप लगाइएको छ । सोही अवधिमा एक लाख १८ हजार ६९४ जनाको कोरोना परीक्षण गरिएको छ ।

केन्द्र सरकारले स्वास्थ्य तथा चिकित्सा विभागका अधिकारहरूलाई मातहतका निकाय र सरोकारवालासँग सम्भावित महामारीको सामनाको तयारीका निम्ति समीक्षा बैठक गर्न तथा रोकथामका आवश्यक उपाय अवलम्बन गर्न निर्देशन दिएको छ ।

यसैबीच, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले महामारीको सम्भावित नयाँ चरणलाई दृष्टिगत गरी कोरोनाविरुद्धका खोप लगाउन आह्वान गरेको छ । स्वस्थ बालबालिका तथा किशोर किशोरीहरूलाई खोप आवश्यक नभए पनि वृद्ध र उच्च जोखिममा रहेका समूहलाई अन्तिम खोप लगाएको छ देखि १२ महिनाको अन्तरालमा ‘बुस्टर डोज’ लगाउन सुझाएको छ ।

गम्भीर रोगको सामना गरिरहेका वर्गलाई सङ्क्रमण प्रतिरोधी खोपमा प्राथमिकता दिन सङ्गठनले संसारका सबै देशका सरकारलाई अनुरोध गर्दै राष्ट्रसङ्घीय निकायले परिस्थितिको निरन्तर अनुगमन गरिरहेको र सहयोगका लागि तत्पर रहेको बताएको छ । साथै सङ्गठनले सचेत रहन तथा स्वास्थ्य नियम पालना गर्न अनुरोध गरेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ४ : २७ बजे

पोखरामा पर्यटक बढेसँगै प्याराग्लाइडिङमा थपियो रौनक

पोखरा – पोखराको आकाशमा यतिबेला प्याराग्लाइडिङको रौनकता छाएको छ ।

नेपालले भारतलाई उसकै घरमा हरायो, सावित्रा एक्लैले गरिन् दुई गोल

काठमाडौं – नेपाली महिला फुटबल टोलीले भारतलाई उसकै घरमा हराएको

अनमोललाई राहत, प्रकाशलाई अर्को झट्का, तक्मे बूढालाई ‘पहिलो गाँसमै ढुङ्गो’

काठमाडौं – यो तिहारलाई लक्षित गरेर चार फिल्म प्रर्दशनमा आए

आन्दोलित नर्सहरूको दुखेसो, ‘पन्ध्र हजार तलबमा कुन मनोबलले काम  गर्नु ?’

निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक र