मुलुकका समस्या पहिचान र समाधान गर्न नेता कार्यकर्ता लाग्नुपर्छ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

मुलुकका समस्या पहिचान र समाधान गर्न नेता कार्यकर्ता लाग्नुपर्छ : अध्यक्ष नेपाल


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको हरेक समस्या पहिचान र समाधान गर्न नेता–कार्यकर्ता लाग्नुपर्नेमा जोड दिएका छन् ।

सो पार्टीको स्कूल विभाग झापाको आयोजनमा भद्रपुरमा आजदेखि सुरु भएको दुईदिने ‘अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम’ मा अध्यक्ष नेपालले मुलुकको समग्र विकासका लागि सबै एकजुट भएर लाग्नुपर्ने आवश्यकता औल्याँए । “देशको समस्याको पहिचान, कारण र समाधानका लागि लाग्नुपर्छ”, उनले भने, “त्यसका लागि नयाँ सोच, आँट र हिम्मत जरुरी छ ।”

मुलुकको राजनीतिक कोर्स फेर्न आफूहरूले योगदान गरेको चर्चा गर्दै उनले नेता–कार्यकर्तालाई निराश नभई नयाँ सोच, ऊर्जाका साथ अघि बढ्न निर्देशनसमेत दिए ।

पुराना पुस्ताबाट अब युवा पुस्ताले जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै उनले युवा पुस्तालाई प्रोत्साहन गर्दै अघि बढ्नुपर्ने उल्लेख गरे । पठन संस्कृतिको विकास गर्दै समाज, देशसँगै अन्तर्राष्ट्रिय कुरा जान्न, बुझ्न कार्यकर्तालाई उनले सुझाव दिए ।

पार्टीका झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको पहिलो दिन पार्टी अध्यक्ष नेपाल, उपाध्यक्ष झनेन्द्र बस्नेत र उपमहासचिव जगन्नाथ खतिवडाले प्रशिक्षण दिएका थिए । शनिबार वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र कोशी प्रदेश कार्यवाहक अध्यक्ष धर्मराज पौडेलले प्रशिक्षण दिने पार्टीका जिल्ला सचिवालय सदस्य तीर्थ सिग्देलले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ४ : १६ बजे

महत्वपूर्ण विधेययक पारित गर्न सदनसमक्ष प्रधानमन्त्रीको आग्रह

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका नीतिहरू कार्यान्वयनका लागि विचाराधीन

सुकुम्बासी समस्या, विपद् व्यवस्थापन, सडक पूर्वाधारमा सरकारको ध्यानाकर्षण : यस्ता छन् शून्य समयमा सांसदका कुरा

काठमाडौं– प्रतिनिधिसभाको आइतबारको बैठक सांसदहरूले भूमिहीन सुकुम्बासीको समस्या, विपद् व्यवस्थापन,

‘कुश्मामा रेल’ शैलीमा ओलीले गरे कर्णाली विकासको दाबी

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रचण्ड चाहिँ धरानमा लिम्बुवानको कार्यक्रममा व्यस्त

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले प्रतिनिधिसभामा सम्बोधन गरिरहेका छन्

पूर्वाधार क्षेत्रका सबै परियोजनाको पुनःप्राथमिकीकरण गरिएको छः प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम पुरानो र