नवनियुक्त अर्थमन्त्री महतद्वारा आवधिक नगद योजना तर्जुमा समिति बनाउने निर्णय | Khabarhub Khabarhub

नवनियुक्त अर्थमन्त्री महतद्वारा आवधिक नगद योजना तर्जुमा समिति बनाउने निर्णय


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यभार सम्हाल्दै सरकारको आवधिक नगद योजना प्रणालीलाई व्यवस्थित गर्दै जाने निर्णय गरेका छन् ।

अर्थमन्त्री महतले सरकारको आवधिक नगद योजना तर्जुमा समिति बनाउने पहिलो निर्णय गरेका हुन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २७ मा नगद योजना तर्जुमा गर्नुपर्ने व्यवस्था रहेको छ ।

नियमावलीमा “अर्थ मन्त्रालयले नेपाल सरकारको नगद आवश्यकतालाई विश्लेषण गरी बजेट कार्यान्वयनका लागि नगद व्यवस्थापन गर्न महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालय र नेपाल राष्ट्र बैंकको समन्वयमा आवधिक नगद योजना (पिरियोडिक क्यास प्लान) तर्जुमा गर्नुपर्नेछ”, भनी उल्लेख छ ।

सोही व्यवस्थाअनुसार सरकारको नगद प्रवाहसम्बन्धी विश्लेषण र हरेक महिनाको आम्दानी तथा खर्चको विश्लेषणका लागि यस्तो समिति बनाइएको छ ।

“हरेक महिना सरकारले कति आम्दानी र खर्च गर्छ भन्ने विश्लेषण गर्नका लागि यस्तो समिति बनाइएको हो । यो समितिको बैठक हरेक महिना कम्तीमा एकचोटि बस्छ”, अर्थसचिव तोयम रायाले भने ।

समितिमा अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, नेपाल राष्ट्र बैंक र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका पदाधिकारीहरू रहनेछन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ७ : ३७ बजे

एसिसी महिला यू-१९ : झरी परेपछि भारतसँग बराबरी, नेपाल समूह उपविजेता

काठमाडौं- एसिसी महिला यु– १९ क्रिकेट प्रतियोगितअन्तर्गत मंगलबार भएको खेल

निजी क्षेत्रले पनि प्रसारणलाइन निर्माण गर्न पाउने

काठमाडौं – सार्वजनिक–निजी साझेदारीमा अब निजी क्षेत्रले पनि प्रसारणलाइन निर्माण

कांग्रेस–एमालेको सरकार ढल्दैन, कसैले धुपबत्ती नगरे हुन्छ : सूर्य थापा

काठमाडौं- सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानविन विशेष

माथिल्लो म्याग्दी खोला आयोजना बनाउन वित्तीय व्यवस्थापन, पाँच बैंकले लगानी गर्ने

काठमाडौं –  माथिल्लो म्याग्दी खोला जलविद्युत् आयोजना निर्माण गर्न वित्तीय

ट्रम्पले भने- पुटिनसँग सम्झौता गर्न जेलेन्स्की तयार, अब युद्ध रोकौँ

वासिङ्गटन डिसी– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध रोक्न