‘डेमोक्रेटिक समिट’ मा प्रचण्डको सम्बोधन : संयुक्त वक्तव्यमाथि मौन | Khabarhub Khabarhub

‘डेमोक्रेटिक समिट’ मा प्रचण्डको सम्बोधन : संयुक्त वक्तव्यमाथि मौन


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — ‘डेमोक्रेटिक समिट’ मा नेपालले सहभागिता जनाएको छ । नेपालको तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाग लिएका हुन् । उनले बुधबार बेलुका ‘डेमोक्रेटिक समिट’ (लोकतान्त्रिक सम्मेलन) मा रेकर्ड भिडियोमार्फत भर्चुअल्ली सम्बोधन गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको पहलमा सन् २०२१ बाट सुरुआत भएको ‘डेमोक्रेटिक समिट’ को दोस्रो संस्करणमा सम्बोधन गर्दै नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त पहलको लागि बाइडेनलाई धन्यवाद दिए ।

बिहीबार सकिएको दुईदिने ‘डेमोक्रेटिक समिट’को संयुक्त वक्तव्यमाथि भने नेपाल मौन बसेको छ ।
लोकतान्त्रिक सम्मेलनले १७ बुँदे संयुक्त जारी गरेको छ । संयुक्त वक्तव्यमा भारतसहित एक दर्जन मुलुकहरुले विभिन्न बुँदामा असहमति जनाएका छन् । भारतले १५ वटा बुँदामा सहमति जनाएको छ ।

तर नेपालले सम्पूर्ण संयुक्त वक्तव्यमाथि नै आफूलाई मौन राखेको हो । संयुक्त वक्तव्यमा ७३ मुलुकहरुको नाम छ । तर त्यस सूचीमा नेपालको नाम उल्लेख छैन ।

 

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ८ : ४३ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना