उम्मेद्वारबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दै « Khabarhub

उम्मेद्वारबारे जानकारी दिन रास्वपाले पत्रकार सम्मेलन गर्दै


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपनिर्वाचन लड्ने उम्मेदवारको विषयमा जानकारी दिन पत्रकार सम्मेलन गर्ने भएको छ ।

शनिबार दिउँसो चार बजे पार्टी कार्यालय बसुन्धरामा पत्रकार सम्मेलनको आयोजना गर्न लागेको पार्टी सभापति रवि लामिछानेले जानकारी दिएका छन् ।

यसअघि बिहीबार रास्वपले उपचुनाव लड्ने उम्मेदवारहरुको प्रारम्भिक सूची सार्वजनिक गरेको थियो । जसअनुसार गत निर्वाचनमा चितवन २ बाट निर्वाचित लामिछाने नागरिकता विवादमा सांसद पद खारेज भएपछि सोही ठाउँबाट पुनः उपचुनाव लड्ने तयारी गरिरहेका छन् ।

त्यस्तै कांग्रेसबाट रास्वपा प्रवेश गरेका स्वर्णिम वाग्ले तनहुँ–१ र नेपाल सुशासन पार्टी पार्टीबाट रास्वपा आएका रमेश खरेल बारा–२ बाट चुनान लड्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ९ : ३२ बजे

बीपी राजमार्गको पहिरो र लेदो हटाइँदै

काठमाडौं– अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास

१७५ करोडमा बिक्यो शाहरुखको ‘किङ’ को विदेशी अधिकार

काठमाडौं– बलिउडका बादशाह शाहरुख खानको स्टारडम कति बलियो छ भन्ने

कान्सपछि अस्ट्रेलियामा पनि चम्कियो ‘एलिफेन्ट्स इन द फग’, अभिनेत्री लामालाई उत्कृष्ट अभिनयको अवार्ड

काठमाडौं– नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ले अन्तर्राष्ट्रिय फिल्म मञ्चमा

नौ जनाले जितिसके मोटरसाइकल र स्कुटर, म्याक्स टाइगरको अर्को भाग्यशाली को ?

काठमाडौं– म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत देशका विभिन्न

हरिवंश ‘चिरञ्जीवी बाजे’ बनेर आउँदै

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा सफल फिल्म ‘परान’मार्फत दर्शकको मन जितेका