हुम्लामा बाबुछोराले सँगै दिए एसइई « Khabarhub

हुम्लामा बाबुछोराले सँगै दिए एसइई


१७ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् ।

जिल्लाको मध्य भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा सर्केगाड गाउँपालिका–५ का ६० वर्षीय मानबहादुर शाही र १५ वर्षीय छोरा यज्ञबहादुर शाहीले सँगै एसइईको परीक्षा दिएका हुन् । पुरानो पुस्ता र नयाँ पुस्ताका बाबुछोराले सँगै एसइईको परीक्षा दिएको कोट माध्यमिक विद्यालय एसइईका केन्द्राध्यक्ष मुमलाल आर्चायले जानकारी दिए ।

त्यस्तै हिमज्योति माध्यमिक विद्यालय सर्केगाड परीक्षा केन्द्रबाट सर्केगाड गाउँपालिका–१ का ५० वर्षीय बाबु नन्दलाल बुमी र १६ वर्षीया छोरी जयलक्ष्मी बुमीले पनि एसइईको परीक्षा दिएको केन्द्राध्यक्ष जयबहादुर धामीले बताए । त्यसैगरी अदानचुली गाउँपालिका–२ का ४८ वर्षीय कमलबहादुर बुढा र उहाँका २३ वर्षीय छोराले सूर्यदय माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिएका छन्।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  १० : २९ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको