गर्मीमा दहीका फाइदा « Khabarhub

गर्मीमा दहीका फाइदा


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गर्मीमा चिसो दही खाँदै शीतलताको अनुभूति गर्नुको मज्जा बेग्लै हुन्छ। अहिले देशभर गर्मीको मौसम सुरु भइसकेको छ। गर्मी बढेसँगै मानिस दही खाने गर्छन्। गर्मी मौसममा दही सुन्दा नै शीतलता प्रदान गर्ने माध्यममा रूपमा बुझ्छन्। त्यस्तै मानिस गर्मीमा विभिन्न पेयपदार्थ र शरीरलाई शीतलता प्रदान गर्न खाने कुरा धेरै खाना रुचाउने गर्दछन्।

मानिस दही, मोही लस्सी धेरै खाने गर्छन्। यो मौसममा शरीरमा अत्यधिक मात्रामा पसिना आउने भएकोले पनि हाम्रो शरीरमा पानीको मात्रा पनि कम हुने गर्दछ। जसका कारण शरीरले सामान्य अवस्थाको भन्दा बढी पानी खपत हुने गरेको हुन्छ। दहीले हामीले खाएका खानेकुरालाई पचाउन मद्दत गर्ने गर्छ। यति मात्र होइन दही सेवन गर्दा स्वास्थ्यमा धेरै फाइदा पुग्ने चिकित्सकहरू बताउँछन्। दहीको नियमित सेवनले गर्मी याममा स्वास्थ्य तथा सुन्दरतालाई प्रवर्धन गर्न सहयोग पुराउँछ।

अपचको समस्या कम हुन्छ
बिहान बेलुकाको खानासँग दही पिउने गर्दा हामीले खाएको खानेकुराले खाने कुरालाई सहजै पाचलन प्रक्रियामा लैजाने गर्छ। दहिले पाचन प्रक्रियालाई सहज बनाउने चिकित्सकको भनाइ छ। शरीरमा भएको बोसोको मात्रालाई पनि नियन्त्रण गर्न सहयोग गर्छ। साना दूध चुस्ने बच्चालाई दूध अपच भएर वान्ता हुने वा पखाला लाग्ने भएमा पनि दहीमा मह मिलाएर खुवाउँदा निकै फाइदा पुग्छ।

शरीरको तापक्रमलाई सन्तुलन राख्छ
गर्मी याममा दहीको सेवनले शरीरको तापक्रमलाई ठिक्क मात्रामा वा सन्तुलनमा राख्ने काम गर्छ। शरीरको भित्री गर्मी हटाउने कामका लागि पनि दही निकै लाभदायक मानिन्छ।

भोक जगाउँछ
यो मौसममा पेट पोल्ने, छाला सम्बन्धी समस्या तथा खाना अपच हुने, झाडापखलला लगायतका रोगहरू अधिकांश मान्छेलाई लाग्ने हुनाले भोक नलाग्ने वा खानेकुरा नरुच्ने समस्या धेरैलाई हुन्छ। यस्तो समस्याका लागि दहीको सेवनले भोकसम्म जगाउने काम गर्छ।

छालाका लागि उत्कृष्ट
गर्मीको समयमा अनुहारमा चाया निस्कने, छालाको पत्र उप्किने जस्ता समस्या देखिन्छन्। अनुहारमा दहीको लेपन गरेर केही समय राखेर सफा गर्दा अनुहारको छाला नरम र चम्किलो हुन्छ। घामले डढेर कालो भएको छालामा दही र कागतीको रस मिलाएको लेप लगाउँदा फाइदा पुग्छ।

विभिन्न रोगको लागि फाइदाजनक
दैनिक दहीको सेवनले मुटुको रोग, उच्च रक्तचाप जस्ता रोगलाई निको पार्न मद्दत पुग्छ। कोलेस्ट्रोल बढ्न रोक्नुका साथै मुटुको धड्कनलाई ठिक राख्न मद्दत गर्ने गर्दछ। दहीमा क्याल्सियमको मात्रा अधिक पाइन्छ, जसले हड्डीको विकासमा धेरै सहयोग पुर्याएर बलियो बनाउन मद्दत गर्दछ।

रोग प्रतिरोधक क्षमता बढाउँछ
दहीले रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि गर्छ। दैनिक रूपमा दहीको सेवनले गर्मीमा हुने एलर्जीको समस्यामा पनि समाधान गर्छ। दाँतसँग सम्बन्धित रोगलाई पनि दहिले धेरै फाइदा गर्छ।

पसिनाको दुर्गन्ध कम गर्छ
गर्मीमा हामी जो कोहीलाई पनि पसिना निकै आउने गर्छ। यस्तो अवस्थामा दही र बेसनको मिश्रणले मालिस गरेर केही समय राखी नुहाउनाले पसिनाको दुर्गन्ध हराउँदै जान्छ।

अल्सरका बिरामीलाई फाइदाजनक
कुनै बिरामीलाई अल्सर भएको छ भने उनीहरूका लागि दहीको सेवन निकै लाभदायक मानिन्छ। दहीमा थोरै ज्वानो र बिरे नुन मिसाएर दैनिक रूपमा बेलुका सुत्ने बेला सेवन गर्न सकिन्छ।

दहीको असर
हामीले कहिले पनि खाली पेटमा दही खानु हुँदैन। यसमा पाइने प्रोबायोटिक ब्याक्टेरियाले खाली पेटको एसिडको स्तर बढाउने हुँदा पेट पोल्ने समस्या निम्तन सक्छ। राति पनि दही खानु हुँदैन। रातिको तापक्रम चिसो हुँदै जाने हुँदा दही चिसो पदार्थ भएको कारणले खकारको मात्रा बढाउँछ। त्यसको प्रभाव सुरुमा छातीमा पर्छ। विस्तारै छाती दुख्ने, खसखस हुने, शिथिलता बढ्नुका साथै कार्यक्षमतामा ह्रास आउँछ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ७ : १० बजे

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा