साफ च्याम्पियनसिपका नेपाली टोलीको घोषणा « Khabarhub

साफ च्याम्पियनसिपका नेपाली टोलीको घोषणा


१७ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतमा हुने १४औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबलका लागि नेपालको प्रारम्भिक टोली घोषणा भएको छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसले मंगलबार ३० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन्। साफमा नेपाल समूह ‘ए’ मा रहेको छ।

साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछी नेपालले असार ९ गते आयोजक भारत र असार १२ मा पाकिस्तानविरुद्ध खेल्नेछ।

असार ६ देखि १८ गतेसम्म बेङ्गलुरुमा हुने प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्स गरि आठ टिमले सहभागिता जनाउने छन्। प्रतियोगिताको यस संस्करणमा कुवेत र लेबनानले आमन्त्रित टोलीका रुपमा सहभागिता जनाउने छन्।

च्याम्पियनसिपको समूह ‘ए’ मा नेपालसहित साविक विजेता भारत, कुवेत र पाकिस्तान छन्। समूह ‘बी’मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश छन्।

यस्तो छ प्रारम्भिक टोली

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, निशान्त खड्का, आशिष गुरुङ, विक्रम लामा, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन

मिडफिल्डरः पुजन उपरकोटी, एरिक विष्ट, नवीन लामा, मणिकुमार लामा,सुदीप गुरुङ, लाकेन लिम्बु, आभास लामिछाने, विशाल तामाङ

फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपक राज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जीलेस्पी जंग कार्की, दिनेश हेञ्जन

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ७ : ३३ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको