कानूनी दायरामा नआउने स्वास्थ्य संस्था बन्द गर्ने मेयर बालेनको चेतावनी « Khabarhub

कानूनी दायरामा नआउने स्वास्थ्य संस्था बन्द गर्ने मेयर बालेनको चेतावनी


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले विपन्न एवं लक्षित वर्गलाई कानून बमोजिम दिनुपर्ने सुविधा उपलब्ध नगराउने अस्पताल प्रशासन बन्द गर्ने चेतावनी दिएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले केही स्वास्थ्य संस्थाले प्रचलित स्वास्थ्य सम्बन्धी कानुनअनुसार लक्षित वर्गलाई दिनुपर्ने कुल शैयाको १० प्रतिशत छुट्याइ निशुल्क उपचार गर्नुपर्नेमा सो नपाइएको उल्लेख गरेका छन् ।

उनले छुट सुविधा सम्बन्धी विवरण माग गर्दा उपलब्ध नगराउने विभिन्न ६८ स्वास्थ्य संस्थाहरूलाई कारवाहीका लागि स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको ध्यानाकर्षण गराएको समेत बताएका छन् ।  

उनले स्वास्थ्यमा सर्वसाधारणको पहुँच अभिवृद्धि गर्दै सबैका लागि सर्वसुलभ स्वास्थ्य उपलब्ध गराउने र विद्यमान कानुन अनुसार नागरिकले पाउने स्वास्थ्य सम्बन्धी छुट सुविधाहरू उपलब्ध गराउनेतर्फ पनि मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उनले सात दिनभित्र सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई कानुनी दायरामा नल्याए अस्पताल प्रशासन बन्द गर्न बाध्य हुने बताएका छन् । 

महानगरपालिकाले सुविधा उपलब्ध गराउने सम्बन्धमा यही जेठ ६ गते सार्वजनिक सूचना जारी गरेको थियो । 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ९ : २२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी