वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ « Khabarhub

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सर्लाही हरिवन नगरपालिका-५ घर भई हाल काठमाडौं महानगरपालिका-३२ तीनकुने बस्ने २७ वर्षीय निरोज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । 

बुढाथोकीले ४ जना पीडितलाई वैदेशिक रोजगारका लागि सर्बिया पठाई कृषिमा काम लगाइदिन्छु मासिक १ लाख रुपैयाँ भन्दा धेरै तलब हुन्छ भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी १२ लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । 

उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  १ : ५२ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रवि र बालेनले पाँच घण्टा वार्ता गरेको घरका धनी भन्छन्- देशले खोजेको आशाको मिलन भयो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय