विभिन्न स्थानबाट लागूऔषधसहित ४ जना पक्राउ « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित ४ जना पक्राउ


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं धादिङ र कञ्चनपुरबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौंको दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित रौतहट कटहरिया नगरपलिका-१ मसेरुवा बस्ने २४ वर्षीय दुर्गा दासलाई प्रहरीले पक्राउ गरेको छ ।

रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज.०२९२ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ मझिमटारबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी ८ सय ८५ ग्रामसहित गल्छी गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको माइक्रोलाई जाँच गर्ने क्रममा ती किशोरलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ३६ मिलिग्रामसहित दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत पिलभित-४ बस्ने २२ वर्षीय सोनु सिंह र २५ वर्षीय सुकदेव सिंह रहेका छन् ।

प्रहरी चौकी भुडा, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय बेलडाँडी र ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको युके ०६ बिएफ ४६९० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  २ : २२ बजे

झापा-५ मा बहुप्रतिक्षित मतगणना सुरु

दमक, झापा- देशभरकै सबैभन्दा बढी चासोको केन्द्र बनेको झापा निर्वाचन

काठमाडौँ-४ मा रास्वपाका पुकार बमको अग्रता

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यतर्फको

बाँके-२ मा एमालेका मोहम्मद इश्तियाक राईको सुरुवाती अग्रता

नेपालगन्ज – बाँके निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यतर्फको

भक्तपुर-२ मा महेश बस्नेत अगाडि

भक्तपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर २

काठमाडौँ-१ मा रास्वपाकी रञ्जु न्यौपानेको अग्रता, रवीन्द्र मिश्र तेस्रो

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ को मतगणना सुरु