फिल्म ‘नांगो गाउँ’ को अमेरीकामा सबैभन्दा बढी माग « Khabarhub

फिल्म ‘नांगो गाउँ’ को अमेरीकामा सबैभन्दा बढी माग


१७ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


480
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी भदौ २९ गतेबाट रिलिजमा हुने फिल्म ‘नांगो गाउँ’ अमेरिका र क्यानडाका २२ भन्दा बढी राज्यका ५० बढी सहरमा प्रदर्शन हुने भएको छ ।

 फिल्मलाई अमेरिका र क्यानडामा नेपाल इलेभेनले रिलिज गर्दैछ । नेपाल इलेभेनका प्याट्रिक सुवेदीले दिएको जानकारी अनुसार अहिलेसम्म अमेरिकामा मात्र ४ सय भन्दा बढी शोको टुंगो लागिसकेको छ ।

उनले शोको संख्या थपिने क्रम जारी रहेको बताए । फिल्म ‘जारी’ पछि अमेरिकामा सबैभन्दा बढी माग भएको फिल्ममा ‘नाङ्गो गाउँ’ रहेको सुवेदीले जानकारी गराए । अमेरिकाका लागि यो एउटा रेकर्ड नै भएको उनले दाबी गरे ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको यो फिल्ममा जय श्रेष्ठको लगानी छ ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ५ : ३४ बजे

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै