स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर « Khabarhub

स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर


१७ जेष्ठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालय मातहतका उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका छन् । उनले मन्त्रिस्तरीय निर्णय गर्दै आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्री बस्नेतका प्रेस सल्लाहाकार रामचन्द्र दुलालले मन्त्री बस्नेतले मन्त्रालय मातहतका विभिन्न विभाग र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर गरेको जानकारी दिए ।

यसअनुसार औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल, परोपकार प्रसुतिगृह स्त्रीरोग अस्पतालको निर्देशकमा डा श्रीप्रसाद अधिकारी, राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकमा डा बद्री रिजाललाई जिम्मेवारी तोकिएको छ ।

राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकमा भरत भट्टराईलाई पठाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा रुद्र मरासिनी र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निर्देशकमा डा अनुज भट्टचनलाई जिम्मेवारी तोकिएको छ ।

यसैगरी मन्त्री बस्नेतले डा चुमनलाल दास र डा यदुचन्द्र गौतमलाई मन्त्रालयमा काम गर्नेगरी जिम्मेवारी दिएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार  ८ : १४ बजे

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने