एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै  « Khabarhub

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै 


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय, आलोकनगर, मीनभवनमा बस्ने बैठकले यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रिय समिति बैठकको नयाँ मिति तय गर्नेछ ।

यसअघि साउन १६ र १७ गते स्थायी कमिटी, १८ र १९ गते पोलिटब्युरो र २० र २१ गते केन्द्रीय कमिटी बैठक बोलाइएको भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । 

प्राविधिक कारण देखाउँदै स्थगित भएको सो बैठकको नयाँ मिति आजको सचिवालय बैठकले तय गर्ने सम्भावना रहेको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसैगरी, सचिवालय बैठकले पार्टीको महाधिवेसनको मिति तय गर्ने देखि रिक्त रहेका पदहरुमा पदपूर्ति गर्ने एजेन्डा पनि सचिवालय बैठकको रहेको जनाईएको छ । 

साथै, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा तथा वैचारिक नीति, कार्यक्रम र कार्यदिशाका बारेमा पनि नयाँ ढंगले प्रस्ताव तयार पार्ने सचिवालयको योजना छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ६ : ५२ बजे

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा