‘कर्णाली प्रदेशसभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित « Khabarhub

‘कर्णाली प्रदेशसभा नियमावली संशोधन समिति गठन’ प्रस्ताव पारित


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेशसभाको बैठकले ‘कर्णाली प्रदेशसभा नियमावली, २०७९’ संशोधन समिति गठन’ सम्बन्धी प्रस्ताव पारित गरेको छ ।

सभामुख नन्दा गुरुङले ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’लाई समयानूकुल संशोधन गर्न आवश्यक भएकाले आइतबारको बैठकमा सो सम्बन्धि प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

उक्त समितिमा रहने सदस्यको नामावलीसहित प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्टले बैठकमा प्रस्ताव प्रस्तुत गरेका थिए ।

सदस्य विष्टले तीन महिनाभित्र कार्य सम्पन्न गर्ने गरी कल्याणी खड्का, टेकराज पछाई, देवेन्द्रबहादुर शाही, पूर्णबहादुर खत्री, महेन्द्र केसी, रणसिंह परियार, विनोदकुमार शाह, सन्तोषी शाही, हिक्मतबहादुर विष्ट सो समितिमा रहने गरी बैठकमा प्रस्ताव प्रस्तुत गरे ।

उक्त प्रस्तावमा प्रदेशसभा सदस्य पछाईले समर्थन गरेसँगै सभामुख गुरुङले उक्त प्रस्ताव सभाबाट सर्वसहमतिले अनुमोदन भएको घोषणा गरिन् ।

प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो ३ बजे बस्ने छ ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ७ : ०१ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा