इंग्ल्यान्डका ब्रोडलाई अष्ट्रेलियाको ‘आर्ड अफ अनर’  « Khabarhub

इंग्ल्यान्डका ब्रोडलाई अष्ट्रेलियाको ‘आर्ड अफ अनर’ 


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इङ्ग्ल्यान्डको राष्ट्रिय टोलीका तीव्र गतिका बलर स्टुवार्ड ब्रोडलाई अष्ट्रेलियाले ‘आर्ड अफ अनर’ प्रदान गरेको छ । ब्रोड विश्व टेष्टमा सर्वाधिक तीव्रगतिका दोस्रो खेलाडी हुन् ।

पाँचौँ तथा अन्तिम टेष्ट खेलिरहेका ब्रोडलाई हिजो अस्ट्रेलियन टोलीले आर्ड अफ अनरद्वारा सम्मानसहित बिदाई गरेको हो ।

विश्व टेष्टमा तीव्र गतिका पहिलो खेलाडी जिमी एन्डरसनसहित मैदानमा प्रवेश गरेका ब्रोडलाई मैदानमा भरिएका दर्शकले समेत हात हल्लाउँदै बिदाइ गरेका थिए । 

पाँचौ एसेज घरेलु मैदान ओभलमा चलिरहेको छ । अन्तिम टेष्ट खेलमा ब्रोडले आठ रन बनाएका थिए । ३७ वर्षीय ब्रोडले पाँचौ टेष्टपछि अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिने घोषणा गरिसकेका छन् ।

ब्रोडले शृङ्खलामा २० विकेट लिएका छन्, जुन इंल्याण्डका खेलाडीको भन्दा धेरै हो । अस्ट्रेलियाविरुद्धको कीर्तिमानी १५१ टेस्ट विकेट लिएर उनी एसेज क्रिकेटमा इङ्ल्यान्डका उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये एक हुन् ।

सन् २०११ र २०१४ बीच टी–२० टोलीको नेतृत्व गरेका उनले २०१६ देखि भने टेस्ट मात्र खेलेका छन् । सन् २००७ को डिसेम्बर ९ देखि १३ तारिखसम्म भएको श्रीलंकाविरुद्धको टेस्टमा उनले ‘डेब्यू’ गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ९ : २३ बजे

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका