संसदीय समितिबारे रास्वपाबाट प्रधानमन्त्रीको ध्यानाकर्षण | Khabarhub Khabarhub

संसदीय समितिबारे रास्वपाबाट प्रधानमन्त्रीको ध्यानाकर्षण


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले संसदीय समितिको सभापति चयनका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन् ।

आज प्रधानमन्त्री निबास बालुवाटार पुगेर उनीहरुले लामो समयदेखि संसदीय समिति नेतृत्वविहीन रहेकाल समिति प्रभावकारी नभएको भन्दै प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् ।

समितिबाट नीति, नियम तर्जुमाको काम गर्नुपर्ने भन्दै उनीहरूले सभापति नहुँदा असहज भएको बताएका थिए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले केही दिनमै सभापति चयन गर्ने गरी अघि बढ्ने जवाफ दिएका थिए ।

भेटका क्रममा प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा समेत कुराकानी भएको प्रतिनिधिसभामा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  ११ : २८ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग